भट्टराई कुलवंश प्रतिष्ठान नेपालको “दशौँ महाधिवेशन“ देवघाटधाममा हुदैं


shiva
Single Before Content Ad

भरतपुर ।

भट्टराई कुलवंश प्रतिष्ठान नेपालको “दशौँ केन्द्रीय महाधिवेशन“ चितवनको देवघाटधाममा हुने भएको छ ।नयाँ कार्यसमिति चयन गर्ने गरी चैत १६ र १७ गते देशभरका भट्टराई बन्धु प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन् ।महाधिवेशनका लागि विभिन्न १३ वटा उपसमिति गठन भएका छन्। बागमती प्रदेश समितिका अध्यक्ष नारायण प्रसाद भट्टराईको संयोजकत्वमा महाधिवेशन मुल ब्याबस्थापन समिति निर्माण भएको छ ।जसमा गण्डकी प्रदेश अध्यक्षसहित ६ प्रदेशका अध्यक्षहरु सहसंयोजक रहनेछन् ।बागमति प्रदेश अन्तरर्गतका १३ जिल्लाका अध्यक्षहरु ब्याबस्थापन समितिका सदस्य रहने गरि कार्य क्षेत्र विभाजन गरिएको केन्द्रिय उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक टिकाराम भट्टराईले जानकारी दिएका छन् ।जसमा सुचना तथा प्रचार प्रसार उपसमितिमा अजित भट्टराईको नेतृत्वमा ४ सदस्य रहेका छन् ।


नामावली संकलन एवं रजिष्ट्रेशन उपसमितिमा सुरज भट्टराई, आर्थिक उपसमितिमा खेमराज भट्टराई संयोजकको नेतृत्व लिएका छन् ।राजेश कुमार भट्टराई मञ्च व्यवस्थापन, कलावति भट्टराई स्वागत तथा अतिथि संत्कार, भोजन एवं नास्ता व्यवस्थापन उपसमिति उमापतिमा दिपक भट्टराई संयोजक चयन भएका हुन् ।चन्द्रकान्त भट्टराई आवास व्यवस्थापन , गोविन्द प्रसाद भट्टराई जनसम्पर्क तथा यातायात, शिवदत्त भट्टराई स्वस्थ्य हेरचाह, ऋषभदेव भट्टराई जोखिम व्यवस्थापन र गोपाल भट्टराई व्यवसाय प्रर्वद्धन उपसमितिको संयोजक छन् ।


महाधिवेशन स्थल हरिक्रतन बैद्विक धर्मशाला देवघाटमातय गरिएको छ ।१६ गते उद्घाटन हुने महाधिवेशनमा १७ गते नयाँ नेतृत्व चयन गर्दै समापन हुने छ । चितवनमा भट्टराई कुलवंश प्रतिष्ठान नेपालको पहिलो महाधिवेशन हुन लागेको हो ।यसअधि ९औ महाधिवेशन पोखरामा सम्पन्न भएको थियो ।७ सयभन्दा बढि प्रतिनिधि सहभागी हुने महाधिवेशनमा २५ लाख खर्च लाग्ने अनुमान छ ।प्रतिष्ठानको केन्द्रीय कार्यालय कोशी प्रदेशको झापामा रहेको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार