भट्टराई कुलवंश प्रतिष्ठान कोशीको अधिवेशन औपचारिक रुपमा सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

भट्टराई कुलवंश प्रतिष्ठान कोशी प्रदेश समितिको अधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाइ्र्र प्रमाणपत्र वितरण गरेपछि औपचारिकरुपमा अधिवेशन सम्पन्न भएको हो । नवगठित समितिले यही २०८० साल चैत १६ र १७ गते चितवनको देवघाटमा हुने केन्द्रीय भेलामा सक्रिय भूमिका निर्वाह गर्ने भएको छ ।

उर्लाबारी-४ स्थित जय वशिष्ठ रिसोर्टमा सम्पन्न भएको दोस्रो कोशी प्रदेश अधिवेशनबाट मोरङ उर्लाबारीका चन्द्रबहादुर भट्टराई (भरत) को अध्यक्षतामा ४३ सदस्यीय प्रदेश समिति चयन भएको छ। अधिवेशनबाट समितिको उपाध्यक्षमा सुनसरी इटहरीका मणिन्द्र भट्टराई, झापाका ओमप्रकाश भट्टराई, तेह्रथुमबाट महिला उपाध्यक्षमा रेनुका भट्टराई, सचिवमा मोरङको उर्लाबारीका चन्द्रप्रसाद भट्टराई ,सहसचिवमा झापाका भिमबाबु भट्टराई र कोषाध्यक्षमा मोरङको सुन्दरहरैंचाका शिव भट्टराई भोजपुरे चयन हुनु भएको छ । कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत)ले आफ्नो नेृत्वमा रहेको प्रदेश समितिले गतिशीलरुपमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा भएको अधिवेशनको अवसरमा कोशी प्रदेशका १४ जिल्लाका ३ सय जना प्रतिनिधिको उपस्थिति रहेको थियो । अधिवेशनको अवसरमा केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, भट्टराई कुल वंश प्रतिष्ठान मोरङ जिल्ला अध्यक्ष तेजकुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक अग्निप्रसाद भट्टराईले प्रमाणपत्र प्रदान गर्नुभयो ।

भट्टराइ कुलबंश प्रतिष्ठान कोशी प्रदेश समितिले पूर्वका विभिन्न ठाउँमा सक्रियरुपमा समाजसेवा गर्दै आएको छ । प्रतिष्ठानले गरिवदु:खीलाई सहयोग गर्ने, आपतविपत परेकालाई सहयोग गर्ने, रक्तदान कार्यक्रम, छोरीबुहारीलाई पनि समितिको नेतृत्वमा राख्ने, विभिन्न विद्यालय सहजरुपमा सञचालन गर्नका लागि भौतिक तथा समाजिक सहयोग गर्ने, गरिव तथा निमुखा विद्यार्थीलाई छात्रवृति प्रदानलगायतका कामहरु गर्दै आएको छ । पछिल्लो समयमा भट्टराई कु्लवंश प्रतिष्ठानले विश्वभरिका भट्टराईलाई गोलबन्द गरेर लैजाने रणनीति अपनाएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार