सिर्जना सामुदायिक वन उपभोक्ता समुहको १४ औं बार्षिक साधरण सभा सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -७ मा अवस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समुहको १४ औं बार्षिक साधरण सभा सम्पन्न भएको छ। शुक्रबार सम्पन्न भएको साधारण सभामा संस्थाका अध्यक्ष लेखनाथ प्रसाईंको अध्यक्षता र सव डिभिजन वन कार्यलय मोरङका प्रमुख गोपाल दाहालको प्रमुख आतिथ्य रहेको थियो ।

सो साधारण सभामा अध्यक्ष प्रसाईंले समूहको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा समिति संयोजक डण्ड बहादुर खड्काले आर्थिक वर्ष २०८०-०८१ को लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । लेखा समितिले समूहको आन्तरिक हिसाब हरेक महिनामा चुस्त र दुरुस्त राखे व्यवस्था मिलाउनुपर्ने, समूहको नाममा पान नम्बर लिन कर कार्यालयमा दर्ता गर्नका लागि केही सहज अवस्था र अवसर रहेको हुँदा यथाशीघ्र पान. लिने प्रबन्ध मिलाउनुपर्ने, विगतमा समूहले दिएको उधारो तथा पेस्की रकम असुलीका लागि ठोस कदम चाल्न सुझाव पेश गरेका छन्।

एक ब्यक्तिको नभइ बन सबैको साझा सम्पत्ति भन्ने भावना सबैमा हुनुपर्छ भन्दै बन हराभरा बनाउनुपर्छ र संरक्षण गर्नुपर्छ भन्ने सबैको दायित्व हो।सो अवसरमा वडा अध्यक्ष भवनसिंह आले मगर, सिर्जना सामुदायिक वन उपभोक्ता समुह पुर्व अध्यक्ष भक्ति सिटौला, सलकपुर सव- डिभिजन वन कार्यालय, सशत्र वन सुरक्षा शाखा लगायतको प्रतिनिधिको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार