सुन्दरहरैचा/ पूर्वाञ्चल विश्वविद्यालयको स्कुल अफ मेडिसिनका निर्देशक पदमा सहप्राध्यापक डा. प्रकाश राई नियुक्त हुनुभएको छ।
स्कुल अफ मेडिसिनमा हाल एमबीबीएस कार्यक्रमको पहिलो ब्याचका ५० जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ३६ जना छात्रवृत्तितर्फ, ११ जना पेइङ (शुल्क तिर्ने) तर्फ तथा ३ जना विदेशी विद्यार्थी अध्ययनरत रहेका छन्।
शिक्षण, अनुसन्धान तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका डा. राईको नेतृत्वमा स्कुल अफ मेडिसिनले थप प्रगति र संस्थागत विकास गर्ने अपेक्षा गरिएको छ।
डा. राईलाई यस महत्वपूर्ण जिम्मेवारीका लागि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

