आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाको आयोजनामा ६४ प्रिन्ट रगत संकलन


Single Before Content Ad

सुन्दरहरैचा/

२९ औं बिश्व आदिवासी दिवस २०८० को अवसरमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको वडा -३ गछियामा आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल आदिवासी जनजाति महासंघ नगर कार्यसमितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६४ पाउण्ड रगत संकलन भएको छ।

हाल बर्खायाम सुरु भएसंगै डेङ्गु महामारी प्रकोप बढ्दो छ, अस्पतालमा रगत अभाव भइरहेको बेलामा मध्यनजर गरेर रगत अभावको समस्यालाई न्यूनीकरणमा सहयोग हुने उद्धेश्यले आयोजना गरिएको आदिवासी जनजाति महासंघ सुन्दरहरैंचा नगर अध्यक्ष सुमन याख्खाले बताए।

आदिवासी जनजाती महासंघ नगर उपाध्यक्ष राम कुमार तमाङ्गले कार्यक्रमको संयोजन गरेका थिए । प्राबिधिक सहयोगमा भने नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले सहकार्य गरेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार