नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवारलाई नोवेलमा उपचार गर्दा सहुलियत


shiva
Single Before Content Ad

बिराटनगर/

विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल तथा काठमाडौं महानगरपालिका भृकुटीमण्डप स्थित नेपाल प्रहरी श्रीमती संघ बीच नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारको नोवेल शिक्षण अस्पतालमा उपचार गराउदा विशेष सहुलियतका लागि सम्झौता भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक श्रीमती इन्दिरा शर्मा (बराल) तथा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरिएको हो ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री राजेशनाथ बास्तोला, नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल र कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा. सरोज कुमार सिंह, नेपाल प्रहरी श्रीमती संघका अन्य पदाधिकारीहरु लगायतका उपस्थिति रहेको थियो ।

सम्झौता पत्रमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत उपलव्ध गराउदै आईरहेको र नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारका सदस्यहरुलाई नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा आई उपचार गर्दा विशेष सहुलियत दिने उद्देश्यले यो सम्झौता गरिएको उल्लेख छ । जस अन्तर्गत परिचय पत्र साथ आउने प्रहरी कर्मचारी वा निजको आश्रित परिवार सदस्यहरु (आमा, बुबा, श्रीमान वा श्रीमती, अविवाहित छोरा, छोरीहरु) उपचारको क्रममा आउदा अस्पताल सेवामा २५% छुट उपलव्ध हुने छ । यो सुविधा बहिरङ्ग र अन्तरङ्ग सेवाहरुमा उपलब्ध हुनेछ । यो सहुलियत लिनका लागि नेपाल प्रहरीका कर्मचारीले आफ्नो परिचय पत्र र आश्रित परिवारको हकमा सिफारिस पत्र लिएर आउनु पर्ने छ ।सम्झौता पत्र अनुसारका सेवा सुविधाहरु मिति २०८० पौष १ गतेबाट लागु भई २०८१ पौष १ गते सम्म लागु हुने छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार