सुन्दरहरैचा/ मोरङको सुन्दरहरैंचा ७ मा रहेको सुन्दरहरैंचा महिला मञ्चको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। आईतबार शिव पान्चायन मन्दिरमा भएको साधारणसभामा मञ्चकी अध्यक्ष बिमला अधिकारी ढकालको अध्यक्षता रहेको थियो भने वडा नं ७ का वडाअध्यक्ष भुवनसिंह आले मगरको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा संस्थाका सल्लाहकारहरू, संस्थापक अध्यक्ष, विभिन्न अतिथिहरू, पत्रकार तथा महिला मञ्चका सदस्य एवं दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
संस्थाकी सचिव जानुका ओझाले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष मेनुका पाण्डेले स्वागत मन्तव्य राखेकी थिईन्।
साधारण सभामा संस्थाले वर्षभरि गरेका गतिविधि, आगामी योजना तथा महिला सशक्तीकरणसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सहभागी प्रमुख अतिथि तथा अन्य अतिथिहरूले महिला मञ्चले समुदायमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सचेतनामूलक गतिविधिलाई निरन्तरता दिन शुभकामना व्यक्त गरेका थिए।




