शिव भट्टराई भोजपुरे/ मोरङको सुन्दरहरैँचा ७ स्थित बेलगाछीमा पारिवारिक वातावरणसहित सञ्चालनमा आएको नयाँ आतिथ्य गन्तव्य बार्दली इन होटल आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ।

होटलको उद्घाटन गछिया लायन्स क्लबका संस्थापक अध्यक्ष मातृका चापागाईंले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

बार्दली इन होटलमा स्वादका पारखीहरूका लागि सेकुवा, तन्दुरी नान, चिकेन तन्दुरी लगायत विभिन्न स्वादिष्ट परिकारहरूको विशेष व्यवस्था गरिएको होटल सञ्चालक अमर पोख्रेलले जानकारी दिनुभयो। होटलमा पारिवारिक भेटघाट, साथीभाइसँगको रमाइलो जमघट तथा आरामदायी बसोबासका लागि आवश्यक सुविधाहरू उपलब्ध रहेको उहाँले बताउनुभयो।

सञ्चालक पोख्रेलले भन्नुभयो,“हामीले ग्राहकलाई मिठो स्वादसँगै आत्मीय सेवा र पारिवारिक वातावरण दिने लक्ष्यका साथ बार्दली इन होटल सञ्चालनमा ल्याएका हौँ। एक पटक यहाँ आएर सेवा लिनुहुने सबैलाई फरक अनुभूति हुनेछ।”

कार्यक्रमका प्रमुख अतिथि मातृका चापागाईंले नयाँ व्यवसायको सुरुवातप्रति शुभकामना व्यक्त गर्दै यस्ता होटलहरूले स्थानीय पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो,
“सुन्दरहरैँचामा अनुभवी कुक सहितको गुणस्तरीय सेवा दिने होटलहरूको आवश्यकता रहेको अवस्थामा बार्दली इन होटलको सुरुवात सकारात्मक कदम हो। यसले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउनेछ।”

उद्घाटन कार्यक्रममा उपस्थित स्थानीयवासीहरूले बार्दली इन होटलले सुन्दरहरैँचा क्षेत्रमा गुणस्तरीय होटल सेवाको नयाँ विकल्प थपिएको बताएका छन्। स्थानीयवासीहरूको भनाइ अनुसार बेलगाछी क्षेत्रमा पारिवारिक वातावरणमा बसेर स्वादिलो परिकारको आनन्द लिन मिल्ने स्थानको आवश्यकता महसुस भइरहेको अवस्थामा बार्दली इन होटल सञ्चालनमा आउनु खुसीको विषय रहेको बताए। ग्राहकहरूले पनि होटलको स्वाद, सरसफाइ र सेवाको प्रशंसा गर्दै पुनः आउने इच्छा व्यक्त गरेका छन्।
शान्त वातावरण, स्वादिलो परिकार, आरामदायी बसोबास र आत्मीय सेवासहित बार्दली इन होटल सुन्दरहरैँचावासी तथा आसपासका क्षेत्रका लागि नयाँ आकर्षक गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ। होटल परिवारले सबैलाई एक पटक अवश्य पालेर मिठो स्वाद र उत्कृष्ट सेवाको अनुभव लिन आग्रह गरेको छ।
आवश्यक परेमा सम्पर्क नं ९७०८४७७०४६

