अमेरिकी प्राध्यापक तथा बिधार्थीहरुको टोलि पुर्वान्चल विश्वबिद्यालयमा


shiva
Single Before Content Ad

पूर्वान्चल विश्वविध्यालय र अमेरिकाको Prude University बीच गत वर्ष भएको समझदारी अनुसार त्यहाँका प्राध्यापक र विद्यार्थीहरुको को टोली आज भ्रमणका क्रममा पूर्वान्चल विश्वविध्यालय आईपुगेको छ।

अमेरिकाको Purdue University सोसल वर्क विषयका ३ जना प्राध्यापक तथा ४ जना बिधार्थिहरुको टोलिले आज मोरंगको गोठगाउँ स्थित पूर्वान्चल विश्वाविध्यालयको भ्रमण गरेको छ। प्राध्यापक तथा बिधार्थीहरुको टोलीले आफ्नो सांस्कृतिक आदान प्रदान कार्यक्रम अन्तर्गत उक्त भ्रमण गरेका हुन्। उक्त टोलीले नेपालका लुम्बिनी, जनकपुर, इलाम र काठमाण्डौका विभिन्न स्थानको अवलोकन गर्ने र पूर्वान्चल विश्वविध्यालयाको भ्रमण गर्ने तालीका रहेको जानकारी दिइएको थियो।

आज विश्वविद्यालयमा आयोजित कार्यक्रममा उपकुलपति प्रा. डा. बिजु कुमार थपलियाले भ्रमण टोलीलाई स्वागत गर्दै विश्वविद्यालयको बारेमा प्रस्तुति दिनुभएको थियो।अन्तरक्रियाको क्रममा संयुक्त शैक्षिक आदान प्रदान लगायत बिबिध बिषयमा कुराकानी भएको थियो। साथै उपकुलपति थपलियाले निकट भविष्यमा शुरु गर्न लागिएको लिबरल आर्टस कार्यक्रमबारे पनि विस्तृत जानकारी दिनुभयो।

उक्त कार्यक्रम अनुसार बिदेशी बिद्यार्थी तथा अनुसन्धानदाताहरु नेपाली संस्कृति र परम्परामाको अध्ययन गर्न पुर्वान्चल विश्वविध्यालयले बातावरण तयार गरिरहेको बताउनु भएको थियो। उहाँका अनुसार यस कार्यक्रमले विश्वभरका विद्यार्थी र अनुसन्धानदाताहरुलाई नेपालमै आएर अध्ययन–अनुसन्धान गर्ने अवसर दिनेछ।

भ्रमणको क्रममा जनस्वास्थ्य विभागका स्नातकोत्तर अध्यययनरत बिधार्थीसंग समेत छोटो अन्तरक्रिया गरिएको थियो। भ्रमण दलमा रहेका अमेरिकी प्राध्यापकका अनुसार यस पटकको भ्रमणको छोटो समययावधीको लागि भएकोले हुनाले सबै कलेज तथा निकायहरु संग भेटघाट हुन् नसके पनि आगामी दिनमा पूर्वान्चल विश्वविध्यालय र अमेरिकाको Purdue University को बीचमा गत वर्ष भएको द्विपक्षीय समझदारी अनुसार संयुक्त आदान प्रदान र अध्ययन अनुसन्धानलाई निरन्तरता दिने बताउनु भएको थियो।

उक्त टोलीमा Purdue University का प्रो. पामेला सेयलर (क्लिनिकल असिस्टेन्ट प्रोफेसर, सामाजिक कार्य विभाग) र डा. रमेश न्यौपाने (अन्तर्राष्ट्रिय कार्यक्रम तथा साझेदारी निर्देशक) तथा विद्यार्थीहरू मार्क स्क्जुर्को, फ्रान्का रोडेक, लोरा पेज र अलिशा वाइलर (नेपाल) को उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार