शुद्ध पानीको सर्वसुलभताका लागि लुइँटेल समूहको १३ बुँदे योजना सार्वजनिक


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

शुद्ध पानी, सुरक्षित भविष्य र उत्तरदायी नेतृत्वको नारासहित श्री सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नेतृत्वका लागि रामप्रसाद लुइँटेल नेतृत्वको प्रगतिशील समूहले उम्मेदवारी घोषणा गरेको छ।

सोमबार पत्रकार सम्मेलनमार्फत लुइँटेल समूहले १३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै प्यानलसहित निर्वाचन जित्ने दाबी गरेको हो।

लुइँटेल अध्यक्ष पदमा उम्मेदवार छन् भने उपाध्यक्षमा दोर्ण शिवा, सचिवमा घनिन्द्र न्यौपाने, सहसचिवमा ज्ञानबहादुर सुवेदी, कोषाध्यक्षमा गंगाबहादुर अधिकारीलगायतको समावेशी प्यानल प्रस्तुत गरिएको छ।

हाल सलकपुर खानेपानीबाट २,५४८ घरधुरी लाभान्वित छन्। तर, १८ हजार रुपैयाँ धरौटी तिरेर मात्र पानी सेवा पाउँदै आएका उपभोक्ताहरू महँगो महसुलमा असन्तुष्ट छन्। यही समस्यालाई सम्बोधन गर्दै लुइँटेल समूहले “पानी जस्तो संवेदनशील विषय सबैको पहुँचमा पुगोस्” भन्ने संकल्प व्यक्त गरेको छ।

१३ बुँदे कार्ययोजना यस्तो छ:

१. दैनिक गुणस्तर परीक्षण गरिएको शुद्ध पानी मात्र वितरण
२. पाइपलाइन विस्तार गरी सबै घरमा समान सेवा
३. ट्याङ्की वरिपरि हरियाली र संरचना विकास
४. कम्तीमा १० स्थानमा फायर स्टेसन स्थापना
५. सेवा प्रवाहमा व्यावसायिकता, शीघ्रता र शिष्टता
६. मोबाइल एप तथा अनलाइनमार्फत डिजिटल भुक्तानी सुविधा
७. स्मार्ट च्याम्बरद्वारा क्षेत्रीय मर्मत कार्य, आपूर्ति निरन्तरता
८. निर्णय तथा खर्चमा पारदर्शिता, जनसहभागिता
९. स्वास्थ्य, शिक्षा, वातावरणलगायत सामाजिक उत्तरदायित्व कार्यक्रम
१०. उपभोक्ताबाट संकलित आम्दानी सेवा सुधारमा प्रयोग
११. प्रत्येक ठूला खर्च प्रतिस्पर्धामूलक प्रक्रियाबाट
१२. त्रैमासिक लेखापरीक्षण र सार्वजनिक लेखा विवरण प्रकाशन
१३. अति विपन्नका लागि सहुलियत दरमा शुद्ध पानी सेवा

समूहले “अबको आवश्यकता सफा पानी मात्र होइन, सफा समिति पनि हो” भन्ने अपिल गर्दै आफूहरू वाचा मात्र होइन, जिम्मेवारी पूरा गर्ने नेतृत्वको परिकल्पना लिएर अघि बढेको स्पष्ट पारेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार