नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर


shiva
Single Before Content Ad

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र त्रियुगा नगरपालिका वडा नम्बर ८ को आयोजनामा त्रियुगा नगरपालिका वडा नंं ८ स्थित दनुवार सामुदायिक भवनमा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्थानिय वडाबासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वडा कार्यालयको अनुरोधमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटु रोग विशेषज्ञ सहितको चिकित्सा टोलीद्वारा मुटु रोग सम्बन्धि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

मिति २०८० कार्तिक ३० गते सोमबार एक कार्यक्रमका विच त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले उद्घाटन गर्नु भएको शिविरमा त्रियुगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राजकुमार राउत लगायतका पदाधिकारीले मन्तव्य राख्नु भएको थियो । मुटु सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवाल, डा. दिपकराज वराल र डा. निशा याक्सो सहितको टोलीले जम्मा ३२५ जनाको स्वास्थ्य परीक्षण गरेको थियो जसमा ११७ जना महिला र १२८ जना पुरुष विरामीहरु रहेका थिए । उक्त अवसरमा ३२५ जना विरामीको निःशुल्क इकोकार्डियोग्राम र ७० जनाको ई. सि. जि. गरिएको थियो ।

नोवेलले मुटु रोगीहरुलाई स्थानिय स्तर मै निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिने उद्देश्यले विभिन्न स्थानहरुमा मुटु रोग विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार