ब्राइट फ्युचर सेकेण्डरी स्कुलकी कीर्ष्मा डाँगीलाई सम्मान, Under-16 टिमले उपाधि जित्यो


shiva
Single Before Content Ad

सुन्दरहरैंचा । सुन्दरहरैंचा–९ स्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलकी प्रतिभाशाली खेलाडी कीर्ष्मा डाँगी नेपाली Under-19 राष्ट्रिय महिला भलिबल टोलीमा चयन भई श्रीलङ्का भ्रमणमा प्रस्थान गरेकी छन्। विद्यालयकै उत्कृष्ट खेलाडीका रूपमा परिचित डाँगीले निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनमार्फत राष्ट्रिय टोलीसम्म आफ्नो स्थान बनाएकी हुन्।

उनको यो उपलब्धिलाई उच्च मूल्याङ्कन गर्दै विद्यालयका प्रिन्सिपल टिकाराम ढकालले सम्मानपत्र, नगद पुरस्कार, र पूर्ण छात्रवृत्तिमा पढ्ने अवसर प्रदान गर्ने घोषणा गरेका छन्।

प्रिन्सिपल टिकाराम ढकालले भने “कीर्ष्मा डाँगीले विद्यालय मात्र होइन, सम्पूर्ण सुन्दरहरैंचा र देशको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेकी छिन्। उनको समर्पण र सफलताले अन्य विद्यार्थीहरूलाई पनि ठूलो प्रेरणा दिएको छ।”

विद्यालयले कीर्ष्मालाई राष्ट्रिय स्तरको प्रतिनिधित्वका लागि पठाउनु गर्वको विषय भएको बताउँदै, भविष्यमा पनि यस्ता प्रतिभाशाली खेलाडीहरूलाई निरन्तर प्रोत्साहन र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यससँगै, ब्राइट फ्युचर सेकेण्डरी स्कुलको Under-16 भलिबल टिमले हालै सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल जित्न सफल भएको छ। खेलाडीहरूले अनुशासन, टोली भावना र लगनशीलताका साथ विद्यालयको प्रतिष्ठा थप उचो पारेका थिए।

विद्यालय प्रशासनका अनुसार खेलकुदमा विद्यार्थीहरूको यो सक्रियता र सफलता विद्यालयको समग्र शैक्षिक तथा शारीरिक विकासको प्रतिफल हो।

यी उपलब्धिहरूले ब्राइट फ्युचर सेकेण्डरी स्कुललाई प्रदेशकै उत्कृष्ट शैक्षिक तथा खेलकुद केन्द्रका रूपमा स्थापित गरेको विद्यालयले जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार