सिद्धार्थ सेकेन्डरी स्कुलमा अन्तरसदन हाजिरिजवाफ प्रतियोगिता सम्पन्न


Single Before Content Ad

सुन्दरहरैँचा, मोरङ । शिव भट्टराई भोजपुरे
मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलमा अन्तरसदन हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास, समूहगत भावना तथा तत्काल सोच्ने क्षमताको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न सदनका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न विषयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिँदै आफ्नो ज्ञान तथा प्रतिभा प्रस्तुत गरेका थिए।

प्रतियोगिताले विद्यार्थीमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै सिकाइलाई थप रोचक र व्यवहारिक बनाउन सहयोग पुगेको विद्यालयले जनाएको छ। विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको बौद्धिक तथा व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार