सुन्दरहरैचा/ शिव भट्टराई भोजपुरे ।
मोरङको सुन्दरहरैचा वार्ड नं ४ स्थित बाँसबारीमा फिट्नेश सेन्टर संचालनमा आएको छ। बिहिबार सुन्दरहरैचा नगरपालिका वार्ड नं ५ का वडाअध्यक्ष गणेश चौधरीले विधिवत रुपमा फिटनेश सेन्टरको उद्घाटन गरेका छन्। प्रोप्राईटर अनिल सिग्देल लगायत अन्य ४ जना सुमन मगर, सनम पौडेल, चन्दन पौडेल, सोयल राई, अजित गुरुङको संयुक्त लगानीमा बाँसबारी फिट्नेस सेन्टर उद्घाटन भएको हो।
लगभग ३५ लाखको लगानीमा संचालनमा आएको फिट्नेश सेन्टरमा प्रोसिरिजका सामानहरु, थ्री डी स्मिथ सामानहरु, कार्डियो मेसिनहरु, ट्रेड मिल, स्पिनिङ बाईक, इलिप्टकल ट्रेलर लगायत फिटनेशका अत्याधुनिक मेसिनहरुबाट दक्ष तथा अनुभवी प्रशिक्षकबाट व्यायाम सिकाईने फिटनेश सेन्टरका संचालक अनिल सिग्देलले बताए।संचालक सिग्देलले एक हप्ताभित्र नाम दर्ता गर्न आउने व्यक्तिलाई फिटनेश सेन्टरमा एड्मिसन फ्रि भएको जानकारी दिएका छन्।
सम्पुर्णले शारीरिक र मानसिक रुपमा स्वास्थ्य रहन महत्वपूर्ण छ। व्याम गर्न मन भएपनि फिट्नेस ट्रेनिङका लागी इटहरी, बिराटचोक नै धाउनु पर्ने बाध्यता रहेको बेला आफ्नै ठाउँमा उचित मुल्यमा बाँसबारी फिट्नेस सेन्टर संचालनमा ल्याएकोमा स्थानीय तथा सामाजिक व्यक्तित्व नगेन्द्र सिग्देलले खुसी व्यक्त गरेका थिए। आफ्नै ठाँउमा फिट्नेस सेन्टर संचालनमा ल्याएर व्ययामको लागि टाढा जानू नपर्ने भएकाले स्थानिय युवा विकेश बन्जराले फिट्नेस सेन्टर संचालक लाई धन्यवाद दिएका छन्।