सेवा नेपाल र स्थानीय तहको प्रयासमा उद्यमी महिलालाई थप उद्यमशील बनाइने


shiva
Single Before Content Ad

सुन्दरहरैैंचा । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) र सुन्दरहरैंचा नगरपालिकाको समन्वयमा मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाइँले स्थानीय स्तरमा रहेका सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा आबद्ध हुनु भएका उद्यमी महिलाहरुलाई थप उद्यमशील बनाउनका लागि नगरपालिकाको तर्फबाट विभिन्न किसिमका कृषिजन्य बिउविजन तथा औजारहरु उपलब्ध गराउने जनाउनु भयो ।

सेवा नेपालका अध्यक्ष पार्वती न्यौपानेले कार्यक्रमको अध्यक्षता गर्दै स्थापना कालदेखि अहिलेसम्म गरेका कामहरुको सम्बन्धमा जानकारी गराउनु भएको थियो । सेवा नेपालको कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले सेवा नेपालको परिचयात्मक प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाका उपप्रमुख अक्कली चौधरीले सुरक्षा सामाजिक उद्यमी महिलामा आबद्ध हुनु भएका उद्यमी महिलाहरुलाई उद्यमशील, स्वनेतृत्वदायी र स्वावलम्बी बनाउने कुरामा नगरको तर्फबाट हरपल साथ दिने बताउनु भयो । सेवा नेपालका सहकारी सवलीकरण अधिकृत कमल गौतमले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा क्षमता विकास शाखा प्रमुख विनोद न्यौपानेले विगतमा सहकारी शाखामा रहेर काम गरेको अनुभवसहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा उपशाखाका शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु, सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका सञ्चालक परिवार, सेवा नेपाल परिवार लगायतको उपस्थिति रहेको थियो । सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड एवम् सेवा नेपाल कोशी प्रदेश सञ्जालको संयोजक गोमा कटुवालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

यसअघि सोमबार सेवा नेपाल कोशी प्रदेश सञ्जालको बैठक बसेर व्यवसायिक गतिविधिहरुको वृहत् छलफल गरी कोशी घर संकलन तथा बिक्री केन्द्र सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड सुन्दरहरैंचा-६ मोरङ र सक्षम सामाजिक उद्यमी महिला सहकारी संस्था कन्काइ नगरपालिका झापामा संकलन केन्द्र सञ्चालन गर्ने साथै सञ्जालकै सम्पर्क कार्यालय, चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड पथरीशनिश्चरे नगरपालिका-२ मोरङमा राख्ने र अन्य विविध विषयमा निर्णय गरि बैठक सम्पन्न गरिएको थियो । सेवा नेपालको संस्थापक अध्यक्ष पार्वती न्यौपानेको प्रमुख आतिथ्यमा भएको बैठक सेवा नेपाल कोशी प्रदेश सञ्जालको अध्यक्ष गोमा कटुवालको अध्यक्षतामा सम्पन्न भएको थियो । सेवा नेपालको सदस्य चन्द्रकला अधिकारी अतिथि हुनुहुन्थ्यो । बैठकमा कार्यकारी निर्देशक विष्णुकमारी नेपाल, सहकारी सवलीकरण अधिकृत कमल गौतमलगायत कोशी प्रदेश सञ्जालका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सेवा नेपाल कोशी प्रदेश सञ्चालका सचिव रेनुका खतिवडाले बैठकको सञ्चालन गर्नु भएको थियो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार