मन्त्री आचार्यको पहलमा बूढीगंगा र हरैंचामा करिब २ करोडको योजना


shiva
Single Before Content Ad

बिराटनगर, बैशाख १४/बिहिबार

विकासप्रेमी छवि बनाएका कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्यले आघा दर्जन साना योजनाका लागि झण्डै २ करोडका विभिन्न योजना अघि बढाइएका छन्।

आचार्य प्रदेश सभाका निर्वाचित सांसद हुन्। चुनावको बेलामा उनले गरेका प्रतिबद्धता क्रमशः पूरा गर्दै लगेका छन्। मैले चुनावका बेला भनिएका कुरा प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै लगेको छु आचार्यले भने, ‘आर्थिक, सामाजिक, धार्मिक र विकासका धेरै समस्यालाई आउँदो बजेटमा समावेश गर्नका लागि काठमाडौं बसेर मैले लबिङ गरेको छु आशा छ यसपटक धेरै कुरा समेटिने छ।’

आचार्यको पहलमा बूढिगंगा वासवारी खेल मैदान निर्माणमा ५० लाख विनियोजन गरिएको छ। यो मैदान लामो समयदेखि बन्न सकेको थिएन। औद्योगिक र वस्तीको बीचमा रहेको मैदानमा अरु थप लगानी गर्ने आचार्यको योजना छ। बूढिगंगा-६ सुकचर खेल मैदानका लागि समेत आचार्यले १० लाख रुपैयाँको योजना ल्याएका छन्। सृजना चोकदेखि रामजानकी मन्दिरसम्म नाला निर्माण गर्न २५ लाख रुपैयाँ छुट्टयाइएको छ। बूढिगंगा-१ अरुण वानियाको घरदेखि नवराज कार्कीको घरसम्म कालो पत्रे गर्न आचार्यको पहलमा २५ लाख रुपैयाँ छुट्टयाइएको छ।

बूढिगंगा-६ मोडिया त्रिजुगा खोला नियन्त्रणका लागि १९ लाख विनियोजन भएको छ । यो खोलाका कारण वस्ती र खेतीयोग्य जमीन प्रभावित हुँदै आएको थियो । उक्त रकम अपुग हुने भन्दै आचार्यले प्रदेश र संघीय सरकारबाट थप रकम निकासाका लागि आउँदा दिनमा पहल गर्ने जानकारी दिएका छन्।डंग्राहा खोला नियन्त्रण नवटोलीका लागि २७ लाख रुपैयाँ, सुन्दरहरैचा नगरपालिका क्षेत्रको गछिया खोला तटवन्धका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ। गछिया खोलाको कटानले स्थानीयलाई वर्षेनी तनाव दिदै आएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार