सुन्दरहरैचामा आगामी आर्थिक बर्षमा एक वडा एक जेष्ठ नागरिक चौतारी निर्माण गर्ने नीति तथा कार्यक्रम


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

सुन्दरहरैंचा नगरपालिकाले २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । नगरप्रमुख केदारप्रसाद गुरागाईंद्वारा प्रस्तुत १४ औँ नगर सभामा स्थानीय जनताका घरदैलोमा स्थानीय सरकार रहेको प्रत्याभूति दिने गरी नीति तथा तथा कार्यक्रम ल्याएको हो ।

देशमा भएको आर्थीक मन्दीको समस्याको बिचमा नयाँ बजेट पेश गर्नु पर्ने हुँदा हुंदा जनतालाई सुशासन स्थानीय तहको प्रत्याभूति गराउने नीति तथा कार्यक्रम समावेश गरिएको नगरप्रमुख गुरागाईंले बताउनु भयो।नगरपालिकाले आगामी आर्थिक वर्ष लागि १ अर्ब ८२ करोड ६१ लाख ७९ हजार २ सय ४८ रुपैयाँ बिनियोजन विधेयक प्रस्तुत गरेको छ । नगर उपप्रमुख अंकली चौधरीले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरि बजेट प्रस्तुत गर्नुभयो ।

घर नक्सा पास , अभिलेखिकरण , घरबहाल करलाई प्राथमिकतामा राखेर राश्वका दायरालाई बढाउदै, कर तिर्ने करदातालाई प्रोत्साहन कार्यक्रम समेत ल्याएएको भन्दै सार्वजनिक अवस्थाका पुर्वाधारहरुलाई बिकास गर्ने, सुन्दरहरैंचा नगरपालिकाको कार्यालय सलकपुरमा राख्ने र डिपिआरको काम फाइनल भएकोले चालू वर्षबाट प्रशासनिक भवन निर्माण कार्यको थालनी गर्ने नगर प्रमुख गुरागाईंले बताउनुभयो।

स्थानीय तहको क्षमता अभिबृद्धी गर्न माध्यमिक शिक्षा सुधार, लागू दुर्वशनी न्यूनीकरण, सुन्दरहरैंचा नगरपालिका सबैको साझा नगरपालिका हो, छरिएका मनलाई एकीकृत गर्ने १४ औ नगर सभा कोशे ढुङ्गा साबित भएको नगरप्रमुखले बताउनुभयो ।

नेपालको आर्थिक तन्त्रको अवस्थाको बारेमा प्रदेश र संघिय सरकार संकुचित भएको भन्दै माथिल्लो तहको मुखमात्र ताकेर नहुने जोड दिदै संविधानले सरकारकै रुपमा परिभाषित गरिरहदा यो अवस्थामा आन्तरिक राजश्व प्रक्षेपण गरेको बिषयमा पूरा गर्ने बताउनु भयो। बनिरहेका घरको अभिलेखिकरण गरेर अभियानको रुपमा चलाउने , माध्यमिक शिक्षा सुधार, लागू दुर्वशनी न्यूनीकरण जोड दिने समेत उल्लेख गर्नुभयो।

चौधौ नगर सभाले चालू खर्च तर्फ ७५ करोड २९ लाख ४३ हजार ५ सय रुपैया विनियोजन गरेको छ । त्यस्तै पुजिगत खर्च तर्फ १ अर्ब ६ करोड ६७ लाख ३५ हजार ७ सय ४८ रुपैया विनियोजन गरेको हो । त्यस्तै नगर सभाले वितिय व्यवस्थापन शिर्षकमा ६५ लाख रकम विनियोजन गरेको छ ।

चौधौ नगर सभाले अघिल्लो आर्थिक वर्ष भन्दा १० करोड बजेट बढीको अनुमानित बजेट सार्वजनिक गरेको हो । गत आर्थिक वर्षमा नगरले १ अर्ब ७२ करोड ८ लाख २२ हजार रकम अनुमानित बजेट सार्वजनिक गरेको थियो ।मोरङको सुन्दरहरैंचा नगरपालिकाले “उत्कृष्ट ढुकुर जोडी” कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

सुन्दरहरैंचाको नीति तथा कार्यक्रममा अनिवार्य ३० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने भएको छ। एक घर एक धारा जडान गर्ने, एक वडा एक जेष्ठ नागरिक चौतारी निर्माण गर्ने ,राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको खेलाडी निर्माण गर्न वडा-वडामा खेलकुद समिति निर्माण गर्ने न्यायिक समिति सदस्य रोशननाथ उप्रेतीले बताउनुभयो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार