सिद्धार्थ सेकेन्डरी स्कूलमा उदघोषण तालिम संचालन


Single Before Content Ad

सुन्दरहरैचा ।

सिद्धार्थ सेकेन्डरी स्कूलले विद्यार्थीहरूको व्यक्तित्व विकास तथा प्रस्तुतीकरण क्षमता अभिवृद्धि गर्न उदघोषण तालिम सञ्चालन गरेको छ। तालिममा ३० जना भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको छ। 

तालिमको सहजीकरण सञ्चारकर्मी एलएन गच्छदारले गरेका छन् भने विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले विद्यार्थीहरूको सार्वजनिक बोल्ने क्षमता सुधार्ने र उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेका छन्।

नेतृत्व र व्यक्तित्व विकास साथै दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयले यस्ता तालिमहरूको निरन्तर आयोजना गरिरहेको छ, जसले विद्यार्थीहरूलाई भविष्यमा सफल बन्न आवश्यक सीप र आत्मनिर्भरता प्रदान गर्ने लक्ष्य राखेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार