सुन्दरहरैँचामा भूमि प्रशासन तथा व्यवस्थापन सेवा सुरु, अब स्थानीय तहमै सेवा


shiva
Single Before Content Ad

सुन्दरहरैँचा । आश्विन ६ गते

मोरङको सुन्दरहरैँचा नगरपालिकामा आज असोज ५ गतेदेखि भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा सुरु भएको छ। नगरपालिकाको भूमि व्यवस्थापन शाखामार्फत स्थानीय तहमै सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सेवाको औपचारिक शुभारम्भ गरिएको हो।

 सेवाको शुभारम्भ नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की तथा नापी र मालपोत कार्यालयबाट आएका कार्यालय प्रमुखहरूको उपस्थितिमा गरिएको हो।

भूमि प्रशासन तथा व्यवस्थापन सेवा स्थानीयस्तरबाटै उपलब्ध हुन थालेपछि जग्गा तथा भूमि व्यवस्थापनसम्बन्धी विभिन्न कामका लागि सेवाग्राहीलाई सहज हुने नगरपालिकाले जनाएको छ। यसबाट सेवाग्राहीले सम्बन्धित कामका लागि अन्यत्र धाउनुपर्ने अवस्थालाई समेत कम गर्ने अपेक्षा गरिएको छ।

नगरप्रमुख गुरागाईंले नगरवासीलाई स्थानीयस्तरबाटै सहज, सरल र प्रभावकारी रूपमा भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको बताउनुभयो। उहाँले आवश्यक कागजातसहित सम्बन्धित शाखामा सम्पर्क गरी सेवा लिन नगरवासीलाई आग्रह गर्नुभयो।

नगरपालिकाले भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै सेवाग्राहीको समय तथा लागत बचत गर्ने लक्ष्य लिएको जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार