पुर्वान्चल एकेडेमीले गर्यो बिद्यार्थी स्वागत, बिदाई तथा दिक्षान्त कार्यक्रम


Single Before Content Ad

शिव भट्टराई /

सुन्दरहरैचा/ मोरङको सुन्दरहरैचा वार्ड नं ६ स्थित पुर्वान्चल एकेडेमीले २०७९ सालका एसइइ विद्यार्थीलाई बिदाई नव आगन्तुक बिद्यार्थी स्वागत तथा दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ।शुक्रवार एक कार्यक्रम बिच बिधालयबाट एसइइ दिएका ५८ जना विद्यार्थीलाई बिदाई कार्यक्रम गरिएको हो ।एस.इ.इ. परिक्षाको नतिजा नजिकै आइरहेको हुँदा विद्यार्थीलाई उज्ज्वल भविष्यको कामना सहित बिधालय परिवारले बिदाइ गरेको हो।

पहिलो बर्ष प्ले ग्रुप बाट कक्षा सुरु गरेको विद्यालयले कक्षा १ मा पुगेका ६८ जना विद्यार्थीलाई दिक्षित गर्दै यस नयाँ सत्रमा १ सय २५ भन्दा बढी नयाँ बिद्यार्थीलाई स्वागत गरेको थियो।यसैगरि बिद्यालयले यस्तै कार्यक्रमको माध्यम बाट विभिन्न उपलब्धि हासिल गरेको बिद्यालयका शिक्षकले बताएका छन्।
कार्यक्रममा सहाभागी अतिथिले बिधालयको नाम राख्ने तरिकाले विद्यार्थीको उज्ज्वल भविष्य संगै उच्च प्रगतिको कामना व्यक्त गरेका थिए। साथै सो कार्यक्रममा विद्यार्थीहरुले बिबिध सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

त्यसैगरि यस बिद्यालयले क्यापटेन, भाइस क्यापटेन, हाउस प्रतिनिधि क्यापटेन साथै बिद्यार्थि क्लबका बिद्यार्थिहरुलाई पदस्थापन कार्यक्रम गर्दै ब्याज वितरण गरिएको सो बिद्यालयका प्रिन्सिपल दिपेन राईले जानकारी दिएका छन्। विद्यालयले दौड, नृत्य, ज्याबलिङ थ्रो लगायत अन्य खेलकुद प्रतियोगितामा जिल्ला, प्रदेश हुँदै केन्द्रिय स्तर सम्म उत्कृष्ट प्रदर्शन गरेको उनले बताएका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार