सुन्दरहरैंचामा रहेको हिमालय स्कुलले गर्यो ४० जना बिधार्थीलाई दिक्षित


Single Before Content Ad

सुन्दरहरैचा/ सुन्दरहरैंचा नमुना बिधालयको रुपमा परिचित हिमालय इङ्गलिस स्कुलले युकेजीबाट उत्तीर्ण गरि आधारभूत तह प्रवेश गरेका आफ्ना बिधार्थीहरूलाई आज मंगलबार एक समाराेह बीच दिक्षित गरेकाे छ । सुन्दरहरैंचाकै उत्कृष्ट र आधुनिक तरिकाबाट आधारभूत तह सञ्चालन गरिरहेकाे बिधालयले आफ्ना बिधार्थीहरूलाई उत्साहित बनाउन दिक्षित गर्ने प्रचलनकाे सुरूवात गरेकाे हाे । कक्षा १ मा प्रवेश गरेका ४० जना बिधार्थीहरूलाई दिक्षित गर्दै प्रमाणपत्र प्रदान गरेकाे हाे । बिधालय संस्थापक प्रिन्सिपल कमल खनालको अध्यक्षतामा भएकाे समाराेहलाई सम्बाेधन खनालले आफ्ना बालवालिकाहरूलाई बिधालयमा पठाएर मात्र हाेईन अभिभावकहरूले घरमा पनि शिक्षा र संस्कार सिकाउन जरूरी रहेकाे बताए ।

भबिष्यका कर्णधार बालवालिकाहरू नै भएकाल बाल मस्तिष्क देखीनै सामाजिक संस्कार र संस्कृति सिकाउदै लानुपर्नेमा जाेड दिए ।प्रिन्सिपल खनालले बिधालयले सुरू गरेकाे दिक्षान्त समाराेहले बालवालिका तथा अभिभावकहरूलाई अझ हाैसला मिल्ने बताउँदै अभिभावक, शिक्षक तथा विधार्थीलाई धन्यवाद समेत ब्यक्त गरे ।कार्यक्रममा आफ्नाे भनाई राख्दै सुन्दरहरैंचा एन प्याबसनका कोषाध्यक्ष खगेन्द्र धिमालले हिमालयले सधै बिधार्थीहरूकाे भबिष्य प्रति चिन्तित भएर अगाडि बढीरहेकाे बताउँदै आगामी दिनहरूमा प्रबिधीमा भएकाे बिकाससँगै अझ बिधालयलाई बिकास गर्दै लानुपर्ने सुझाब दिएका छन्।

आधारभूत सम्म पठनपाठन हुँदै आएको सो बिधालयले अबिभिभावक र बिधार्थीको भरोसा जित्दै नगरकै उत्कृष्ट बिधालयको रुपमा परिचय बनाएको छ।गत जेष्ठमा एन प्याबसन सुन्दरहरैंचा नगरपालिका स्तरिय स्क्रिप्ट लेखन ह्याण्डराइटिंग प्रतियोगितामा उत्कृष्ट बिधालयको चिनिन्छ भने गत वर्ष एनप्याब्सन सुन्दरहरैंचा नगरस्तरीय प्रथम भएको थियो।संस्कार र गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता संगै अतिरिक्त क्रियाकलापमा समेत अबल मानिएको हिमालय इङ्गलिस स्कुल सबैको मन जित्न सफल भएको छ

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार