सुन्दरहरैचामा चालकको निशुल्क स्वास्थ्य परिक्षण


Single Before Content Ad

सुन्दरहरैचा, शिव भट्टराई /

मोरङको सुन्दरहरैचामा ट्राफिक सप्ताह-२०८० अन्तर्गतको तेस्रो दिन चालकको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजनामा साथै कोशी प्रदेश प्रहरी अस्पताल बेलबारी मोरङको सहकार्यमा चालकको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको हो।

सुन्दरहरैंचा नगरपालिका वार्ड नं १० स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोको अध्यक्षता रहेको थियो भने उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा वास्तोलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, उद्योग वाणिज्य संघ सुन्दरहरैँचाका अध्यक्ष लगायत अन्य विशिष्ट सामाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा बिभिन्न यातायात व्यवसायी संघबाट उपस्थित १५० जना चालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार