काठमाडौं मेडिकल कलेजले पायो कलेजो प्रत्यारोपण गर्ने अनुमति


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

निजी लगानीमा राजधानीको सिनामङलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) ले कलेजो प्रत्यारोपण गर्न अनुमति पाएको छ । केएमसीले यसअघि मृगौला प्रत्यारोपण गर्न सरकारबाट अनुमति पाएको थियो । अब केएमसीले मानवको कलेजो पनि प्रत्यारोपण गर्न अनुमति पाएको हो ।

यसअघि कलेजले मानव शरिरमा कलेजो प्रत्यारोपण गर्न अनुमति मागेको थियो । केएमसीले दिएको दरखास्त जाँचबुझ गरेर कलेजो प्रत्यारोपण गर्न अनुमति दिएको स्वास्थ्य सेवा विभाग, मानव अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयकी कानून अधिकृत सीता घिमिरेले जानकारी दिइन्।

उनका अनुसार केमएसीलाई कलेजो प्रत्यारोपण गर्न दिने निर्णय गत भदौ ५ गते भएको थियो । अनुमतिपत्रको वहाल दुई वर्षसम्म रहने उनले जानकारी दिइन् । यता कलेका सञ्चालक डा. सुनील शर्माले कलेजो प्रत्यारोपण गर्न अनुमति पाएको बताए । उनले अब कलेजो प्रत्यारोपणको काम सुरु गर्ने जानकारी दिए । यसअघि मृगौला प्रत्यारोपणको अनुमति पाएको उनले सुनाए ।

पछिल्लो समयमा निजी स्तरमा खुलेका मेडिकल कलेजहरुको क्षमता विस्तार हुँदै गएको छ । मेडिकल कलेजहरुले मानवका विभिन्न अंगहरुको प्रत्यारोपण गर्नका लागि अनुमति पाएका छन् । मृगौलालगायत जटिल कलेजो प्रत्यारोपण स्वदेशमा हुँदा विदेश जानु पर्ने वाध्यताको अन्त्य भएको छ । यस्तै विदेशमा जाने अर्बौं रुपैयाँ रोकिने छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार