सुन्दरहरैँचा नगर स्तरिय तेक्वान्दो प्रतियोगितामा हिमालय इङ्लिस स्कुल प्रथम


shiva
Single Before Content Ad

सुन्दरहरैचा। शिव भट्टराई भोजपुरे।

मोरङको सुन्दरहरैँचा १० स्थित हिमालय इङ्लिस स्कुलमा भएको नगर स्तरिय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा
हिमालय इङ्लिस स्कुल प्रथम भएको छ। राष्ट्रिय तेक्वान्दो संघ सुन्दरहरैचा नगर समितिको आयोजनामा शनिबार भएको प्रतियोगितामा हिमालय इङ्लिस स्कुल प्रथम, सुबिजिमुर इङ्लिस स्कुल द्वितीय र ब्राइटफ्युचर इङ्लिस स्कुलले तेस्रो स्थान हासिल गर्न सफल भएको छ।

सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा उद्घाटन भएको खेलमा राष्ट्रिय तेक्वान्दो संघ सुन्दरहरैचा नगर समितिका अध्यक्ष अर्जुन भुजेलको अध्यक्षता रहेको थियो। प्रतियोगितामा छात्रा तर्फ १८ केजी देखि ५१ केजी तौल र छात्र तर्फ १८ केजी देखि ५८ केजी तौल बीच प्रतिस्पर्धा भएको थियो । नगरका ११ ओटा स्कुलका १ सय ८० जनाबाट छनौट भएका ९ जना छात्रा र ११ जना छात्र खेलाडीहरुबीच प्रतिस्पर्धा भएको अध्यक्ष अर्जुन भुजेलले जानकारी दिए । 

प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समिती मोरङका अध्यक्ष इन्द्रकुमार लामाले पहिलो, दोस्रो र तेस्रो हुन सफल हुने खेलाडी सहित विद्यालयलाई पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा सुन्दरहरैचा नगरपालिकाका नगरप्रवक्ता रोशनप्रसाद ढकाल, अभिभावक, विभिन्न बिद्यालयका शिक्षक, बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार