रोजाइ मन्टेस्वरी स्कुलको चौथो अभिभावक दिवस सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैँचा ।मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा रहेको रोजाइ मन्टेस्वरी स्कुलमा चौथो अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। शनिबार भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद आचार्यको सभापतित्व रहेको थियो भने सुकुना बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख चन्द्रमणि राईको प्रमुख आतिथ्य रहेको थियो।

अभिभावक दिवसको अवसरमा नानिबाबुहरूले प्रस्तुत गरेका विविध र सृजनात्मक कार्यक्रमले सबैको मन जित्न सफल भएका थिए। अभिभावक दिवसको अवसरमा विद्यालयका निर्देशक महेश कुमार आचार्यले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता, उत्साह, उत्प्रेरणा तथा अमूल्य सहयोगका लागि विद्यालय परिवारले हृदयदेखि धन्यवाद व्यक्त गरेको छ।

कार्यक्रममा बोल्दै विद्यालयका सिइओ महेश आचार्यले अभिभावकहरूको विश्वास र साथले विद्यालयलाई अझ जिम्मेवार र प्रेरित बनाएको बताउनुभयो। उहाँले आगामी दिनहरूमा पनि यसैगरी निरन्तर साथ–समर्थन रहने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रमले विद्यालय र अभिभावकबीचको आपसी सम्बन्ध थप सुदृढ बनाएको सहभागीहरूको भनाइ छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार