सुकुना माध्यमिक बिद्यालय व्यवस्थापन समितीको अध्यक्षमा मात्रिका प्रसाद ढकाल


Single Before Content Ad

शिव भट्टराई, सुन्दरहरैचा/

मोरङको सुन्दरहरैचा बिराटचोक स्थित सुकुना माध्यमिक विद्यालयको बिद्यालय व्यवस्थापन समितीको अध्यक्षमा मात्रिका प्रसाद ढकाल सहित ९ सदस्यीय समिती सर्वसम्मत चयन भएका छन्। मंगलबार सुकुना माध्यमिक बिद्यालयको सभाहलमा भएको एक कार्यक्रममा अध्यक्षमा मात्रिका प्रसाद ढकाल सदस्यमा गणेश कुमार कार्की, राम कुमार मास्के, मन माया तामाङ, चिना निरौला, एकेन्द्र राई साथै शिक्षक प्रतिनिधिको तर्फबाट डा. ईश्वर कुमार राई, वडा प्रतिनिधिको तर्फबाट वडा अध्यक्ष राज कुमार राई, सदस्य सचिव प्रधानध्यापक नारायण प्रसाद गौतम सर्वसम्मत चयन भएका छन्।

 

नव निर्वाचित अध्यक्ष मात्रिका प्रसाद ढकालले सुकुना मा.वि को अबको शैक्षिक सत्रको अभियानलाई शसक्त बनाउने बताएका छन्। त्यसैगरी उनले विद्यालयका शिक्षक कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, बिद्यालयको हितको लागि कार्य गर्ने र विद्यालयलाई सर्वोत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्नको लागि सबै पक्ष संग हातेमालो गर्दै अगाडि बढ्ने सुन्दरहरैचा अपडेटलाई जानकारी गराएका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार