सुन्दरहरैचा नगरपालिकाको आयोजनामा खोर्साने चोकमा सरसफाइ कार्यक्रम हुने, सहभागी हुन आग्रह


shiva
Single Before Content Ad

सुन्दरहरैचा/ साउन १ गते

मोरङको सुन्दरहरैँचा नगरपालिकाले ‘नागरिकसँग जनप्रतिनिधि’ कार्यक्रमअन्तर्गत विशेष सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ।

नगरपालिकाका अनुसार २०८३ साउन २ गते शनिबार बिहान ७:०० बजे मोरङको खोर्साने चोकमा सरसफाइ कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था तथा स्थानीय नागरिकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

‘सुन्दरहरैँचाको पहिचान : समृद्धि र सुशासन’ भन्ने नारासहित सञ्चालन हुने उक्त अभियानमा नगरपालिकाले सम्पूर्ण नगरवासीलाई उपस्थित भई सरसफाइ अभियानलाई सफल बनाउन आग्रह गरेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार