हिमालय इङ्लिस स्कुलले नेतृत्व र अनुशासन विकासमा जोड दिदै सुरु गर्‍यो मनसुन स्काउट क्याम्प


Single Before Content Ad

शिव भट्टराई भोजपुरे, सुन्दरहरैचा । साउन १ गते
विद्यालय शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र अनुशासनसँग जोड्ने उद्देश्यका साथ सुन्दरहरैंचा–१० विराटचोकस्थित हिमालय इङ्लिस स्कुलमा ‘हिमालय मनसुन स्काउट क्याम्प–२०८३’ आज देखि सुरु भएको छ।

स्थानीय स्काउट कमिटीको आयोजना तथा हिमालय इङ्लिस स्कुलको सह–आयोजनामा सञ्चालन भएको तीनदिने क्याम्पको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईंले गरेका हुन्। साउन १ देखि ३ गतेसम्म सञ्चालन हुने क्याम्पमा विद्यालयका १०० भन्दा बढी विद्यार्थी सहभागी छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख गुरागाईंले स्काउट अभियानले विद्यार्थीलाई अनुशासित, जिम्मेवार र सेवामुखी नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले शिक्षासँगै व्यवहारिक सीप, नेतृत्व विकास, विपद् व्यवस्थापन र सामाजिक उत्तरदायित्वका विषयमा विद्यार्थीलाई दक्ष बनाउने यस्ता कार्यक्रम समयको आवश्यकता भएको उल्लेख गरे। नगरपालिकाले विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुग्ने यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

क्याम्पमा स्काउटका आधारभूत सिद्धान्त, नेतृत्व विकास, टोलीगत कार्य, प्राथमिक उपचार, विपद् व्यवस्थापन, वातावरण संरक्षण, सामुदायिक सेवा, क्याम्प क्राफ्ट, स्काउट ड्रिल, गाँठो बाँध्ने सीप तथा विविध व्यवहारिक र सिर्जनात्मक गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ।

स्थानीय स्काउट प्रमुख आयुक्त मनोज लामा कार्कीले स्काउटले विद्यार्थीमा आत्मविश्वास, अनुशासन, सेवा भावना र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए। हिमालय स्काउट ट्रुपका प्रमुख सुजन थापाले क्याम्पलाई व्यवहारिक सिकाइमा केन्द्रित गरिएको उल्लेख गर्दै विद्यार्थीले जीवनोपयोगी सीप सिक्ने अवसर प्राप्त गर्ने बताए।

विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालले हिमालय इङ्लिस स्कुलले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई सधैं प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै स्काउटजस्ता कार्यक्रमले विद्यार्थीलाई जिम्मेवार, आत्मनिर्भर र समाजप्रति उत्तरदायी नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार क्याम्पभर अनुभवी प्रशिक्षकमार्फत प्रशिक्षण प्रदान गरिनेछ भने सुरक्षा, अनुशासन र व्यवहारिक सिकाइलाई विशेष प्राथमिकता दिइनेछ। क्याम्प साउन ३ गते समापन हुनेछ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार