सुकुना बहुमुखी क्याम्पसमा यमबुद्ध छात्रवृत्ति अक्षयकोष स्थापना, १० लाख हस्तान्तरण


shiva
Single Before Content Ad

सुन्दरहरैँचा (मोरङ) : स्वर्गीय अनिल अधिकारी ‘यमबुद्ध’को स्मृतिमा यमबुद्ध फाउण्डेसन काठमाडौंले सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचामा १० लाख रुपैयाँको ‘यमबुद्ध छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेको छ।

फाउण्डेसनका अध्यक्ष अम्बिकाप्रसाद अधिकारी र कोषाध्यक्ष उर्मिला अधिकारीले बिहीबार एक समारोहबीच अक्षयकोषका लागि १० लाख रुपैयाँको बैंक चेक क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालका अनुसार गत २०८२ माघ १ गते सुकुना बहुमुखी क्याम्पसमा आयोजित ‘यमबुद्ध ट्रिबुट’ कार्यक्रमबाट अक्षयकोष स्थापनाको पहल गरिएको थियो। कार्यक्रमको संयोजन योगेश दाहालले गरेका थिए भने रोहन खत्री ‘डियर काले’ सहसंयोजक तथा सुयोग भण्डारी, ओमकुमार विश्वकर्मा, डेनिस श्रेष्ठ, निकेश आचार्यलगायत सदस्य रहेका थिए।

यमबुद्ध फाउण्डेसन र कार्यक्रम आयोजक समितिका अनुसार अक्षयकोषलाई आगामी दिनमा समेत वृद्धि गर्दै लैजाने नीति रहेको छ। कोषबाट प्राप्त रकमको प्रतिफलमार्फत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ।

कार्यक्रममा सहसंयोजक रोहन खत्रीले यमबुद्धको स्मृतिमा स्थापित अक्षयकोषको महत्वबारे धारणा राख्नु भएको थियो। क्याम्पसको तर्फबाट अध्यक्ष सुरेन्द्र बहादुर थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले फाउण्डेसन तथा ट्रिबुट कार्यक्रम आयोजक समितिप्रति आभार व्यक्त गर्नु भएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार