पूर्वाञ्चल विश्वविद्यालयको ४१औं सभा बैठक सम्पन्न, एमबिबिएस कार्यक्रम प्राथमिकतामा


shiva
Single Before Content Ad

सुन्दरहरैचा / असार ३२ गते

पूर्वाञ्चल विश्वविद्यालयले मंगलबार प्रधानमन्त्री सचिवालय, बालुवाटारमा आफ्नो ४१औं सभा बैठक सम्पन्न गरेको छ। बैठक विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा तथा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तको उपस्थितिमा सम्पन्न भएको हो।

बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाले शैक्षिक वर्ष २०८२/८३ का लागि तयार पारिएको १५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। यसैगरी, रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठीले उक्त वर्षको आय–व्यय विवरण बैठकमा पेस गर्नुभयो।

यस वर्षको नीति तथा कार्यक्रममा विश्वविद्यालयले मोरङको गोठगाउँस्थित शिक्षण अस्पतालको स्तरोन्नति गर्दै एमबिबिएस कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राख्ने योजना अघि बढाउने उल्लेख गरिएको छ। यसले चिकित्सा शिक्षाको पहुँच विस्तार गर्न र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार