सुन्दरहरैँचा नगरपालिकाको पन्ध्रौँ नगर सभा सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैचा । शिव भट्टराई भोजपुरे

मोरङको सुन्दरहरैँचा नगरपालिकाको पन्ध्रौँ नगर सभा सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा मंगलबार नगरप्रमुख केदारप्रसाद गुरागाईंको सभाध्यक्षतामा सञ्चालन भएको सुन्दरहरैँचा नगरपालिकाको पन्ध्रौँ नगर सभा सौहार्द्रपूर्ण वातावरणमा सभ्य र भव्यताका साथ सम्पन्न भएको छ ।

विधेयक सभाको रूपमा आयोजित यस हिउँदे नगर सभामा नगरपालिकाले पाँच महत्त्वपूर्ण विधेयकहरू पारित गरेको छ।
पारित भएका विधेयकहरू:
• विनियोजन ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक।
• आर्थिक ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक।
• न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।
• न्यायिक समितिको फैसला तथा मिलापत्र कार्यान्वयन विधेयक।
• सहकारी ऐन, २०७५ लाई दोस्रो पटक संशोधन गर्न बनेको विधेयक।

नगर सभामा विनियोजन ऐन, २०८१ र आर्थिक ऐन, २०८१ लाई संशोधन गर्ने विधेयकहरू उप-प्रमुख अकली चौधरीले टेबल गर्नुभएको थियो।

त्यसैगरी बाँकी अन्य विधेयकहरू विधायन समितिका संयोजक खेमप्रसाद न्यौपानेले टेबल गर्नुभएको थियो । नगर सभाबाट पारित भएका यी सबै विधेयकहरू नगर प्रमुखद्वारा प्रमाणीकरण भई सुन्दरहरैँचा नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित भएपछि लागू हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले बताउनु भएको छ।

 

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार