चिसोमा न्यानो साथ : लायन्स क्लब अफ गछियाद्वारा फरक क्षमता भएका विद्यार्थीलाई खाना र हिटर सहयोग


shiva
Single Before Content Ad

शिव भट्टराई भोजपुरे/ मोरङको सुन्दरहरैचा स्थित लायन्स क्लब अफ गछियाको आयोजनामा Food Feeding Program सम्पन्न भएको छ। बुधबार सुन्दरहरैचा–७ मा रहेको श्री साजिलाल माध्यमिक विद्यालय (गछिया ब्लक) मा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरूलाई लक्षित गरी खाना खुवाउने कार्यक्रम गरिएको छ।

बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई न्यानो रहन सहयोग पुगोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ गछियाले भोजनसँगै हिटरसमेत वितरण गरेको छ। कार्यक्रमबारे जानकारी दिँदै लायन्स क्लब अफ गछियाका अध्यक्ष हेमन्त भट्टराईले चिसो मौसमका कारण विद्यार्थीहरूलाई समस्या नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको बताएका छन् ।
त्यसैगरी भट्टराईले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने उनले बताए।

त्यस्तै लायन्स क्लब अफ गछियाका उपाध्यक्ष कृष्ण कट्वालले क्लबले शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गरेका छन् ।कार्यक्रम प्रति विद्यालय प्रशासन तथा अभिभावकले सकारात्मक प्रतिक्रिया जनाउँदै लायन्स क्लब अफ गछियाको प्रशंसा गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार