प्याब्सन सुन्दरहरैचा नगरसमितीद्वारा ब्राइट फ्युचर इङ्लिस स्कुल सम्मानित


Single Before Content Ad

सुन्दरहरैचा । शिव भट्टराई भोजपुरे

मोरङको सुन्दरहरैचा स्थित इन्द्रपुर जेसिजको सभाहलमा निजि तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैचा नगरसमितिको तेस्रो अधिवेशन भएको छ। सोमबार नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्याब्सन सुन्दरहरैचाका अध्यक्ष दिपेन राईको अध्यक्षता रहेको थियो।

अधिवेशनको अवसरमा सुन्दरहरैचा नगरपालिकाको सबै भन्दा पुरानो बिद्यालयको तर्फबाट ब्राईट फ्युचर इङ्लिस स्कुल सम्मानित भएको छ। प्याब्सनमा आवद्ध रहेको बिद्यालय मध्य सबै भन्दा पुरानो बिद्यालय भएकोले सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईको हातबाट ब्राइट फ्युचर इङ्लिस स्कुलका प्रिन्सिपल टिकाराम ढकाललाई सम्मान गरिएको हो।

त्यसैगरी उक्त अधिवेशनमा प्याब्सनद्वारा आयोजित विभिन्न बिधाको कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुन सफल बिद्यालय, संचारकर्मी टीका बिकलाई सम्मान गरिएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार