सय बर्ष पुरानो काली भगवती मन्दिरको तेश्रो बार्षिक साधारणसभा सम्पन्न


shiva
Single Before Content Ad

मोरङ सुन्दरहरैंचा नगरपालिका वडा १ हरैंचा बजारमा रहेको एतिहासिक धार्मिक आस्थाको केन्द्र काली भगवती मन्दिरको तेश्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ।मन्दिर संरक्षण समितिका उपाध्यक्ष घनश्याम रिमालले स्वागत मन्तव्य ब्यक्त गर्दै बिं.स. १९७९ सालमा एउटा सानो झुपडीबाट शुरू गरी माटो मूर्तिहरू बनाई साधारण किसिमबाट पूजा-आजा गर्दै आइरहेकोमा २०५४ सालमा काली भगवती मन्दिरको निर्माण गरी शिला मूर्तिहरूको प्राणप्रतिष्ठा गरी अनावरण कार्य सम्पन्न गरिएको बताए।

उक्त अवसरमा मंन्दिर संरक्षण समितिका अध्यक्ष भगवान साहले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। हाल सम्म २६६ जना आजीवन सदस्य रहेको छ भने आजीवन सदस्यलाई प्रमाण पत्र समेत बितरण गरेको थियो।मन्दिरको १ सय वर्ष पुरा गरेको अवसरमा हरैंचा मोडेल इङ्गलिस स्कुलका प्रिन्सिपल तथा स्थानीय समाजसेवी रुद्र थापाले कार्यक्रममा आफ्ना धारणा राख्दै हिन्दु धर्म माथि अन्य धर्मको प्रहार भइरहेको अवस्थामा गम्भीर हुनुपर्ने अवस्था आएको बताए ।

तेस्रो बार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति समेत चयन गरिएको छ। अध्यक्ष बद्री बस्नेतको नेतृत्वमा उपाध्यक्ष अशोक साह, सचिव केशब काफ्ले, सह-सचिव रघुनाथ राय, कोषाध्यक्ष संगीता शाही सर्वसहमतले चयन भएका छन। त्यसै गरि सदस्यमा राधे प्रसाद तिम्सिना, ओम प्रकाश मास्के, राधा प्रसाद पोख्रेल, अञ्जना शाही, कमला खडका, उमा सुबेदी घिमिरे, उत्तम शिवभक्ति, चन्द्र कुमार श्रेष्ठ सर्वसहमत चयन भएका छन ।

मन्दिरमा प्रत्येक वर्ष परापुर्वकाल देखि बिजया दशमीभर बढो धुमधामका साथ घटस्थापनाका दिन जमरा राखी कालरात्रीका दिन बलि प्रदान तथा महानवमीका दिन बलिको कान छेदन गरी छाडिदिने प्रथा चलि आएको छ । हाल बिराटचौक बिराटनगर सडक खण्डको बिकासले मन्दिर जिर्ण अवस्थामा परिणत हुदै गएकोमा स्थानियको गुनासो छ। यसको संरक्षण र प्रवर्द्धन गर्न स्थानिय तह देखि माथिल्लो तहसम्म उतिकै भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार