सुन्दरहरैंचामा नियमनविहीन विद्यालय सञ्चालन माथि कडाइ


shiva
Single Before Content Ad

सुन्दरहरैंचा, बैशाख ९ गते 

सुन्दरहरैंचा नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका विद्यालयहरूमा शिक्षासम्बन्धी नियमन कडाइका साथ कार्यान्वयनमा ल्याउने भएको छ। नगर शिक्षा समिति, सुन्दरहरैंचा नगरपालिकाको २०८१ साल चैत २८ गते बसेको बैठकले विद्यालय सञ्चालन, कक्षा विस्तार, विद्यार्थी व्यवस्थापन तथा पाठ्यपुस्तक प्रयोगसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गरेको छ।नगरपालिकाबाट जारी सूचनामा भनिएको छ कि अबदेखि यस नगरपालिकाभित्र कुनै पनि प्रकारका विद्यालयहरू बिना अनुमति सञ्चालन गर्न पाइने छैन। यदि विद्यालयले प्रचलित ऐन र नियमावलीअनुसार दर्ता नगरि वा अनुमति नलिई सञ्चालन गरिरहेको पाइएमा त्यस्ता विद्यालय तत्काल बन्द गरिनेछ।

साथै, अनुमति प्राप्त कक्षाभन्दा माथिल्ला कक्षाहरू अवैध रूपमा सञ्चालन गरिरहेका विद्यालयहरूले ती कक्षा तत्काल बन्द गर्नुपर्नेछ। यसमा अवज्ञा गर्ने विद्यालयहरूको अनुमति खारेज गरिने चेतावनीसमेत दिइएको छ।

नगरपालिकाले विद्यार्थी व्यवस्थापनमा समेत कठोर नियम ल्याएको छ। अब प्रत्येक विद्यार्थीलाई विद्यालयले अनिवार्य रूपमा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा आवद्ध गराउनु पर्नेछ। अनुमति नलिई सञ्चालन भइरहेका विद्यालयले आफ्ना विद्यार्थीलाई अन्य विद्यालयमार्फत IEMIS मा दर्ता गराएको वा परीक्षा दिएको पाइएमा दुबै पक्षलाई कानून अनुसार कडा कारबाही गरिने स्पष्ट गरिएको छ।

त्यस्तै, विद्यालयमा पठनपाठनका क्रममा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तकहरू मात्र प्रयोग गर्नु पर्ने अनिवार्य व्यवस्था गरिएको छ।नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सो निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार