सुन्दरहरैँचामा विपन्न परिवारका लागि निर्माण गरिएका ९ घर हस्तान्तरण


shiva
Single Before Content Ad

सुन्दरहरैचा , बैशाख ९ 

शिव भट्टराई भोजपुरे । भोजपुरमा सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित गैरीटाेलमा विपन्न परिवारका लागि आवास सहयोग अन्तर्गत निर्माण गरिएका ९ वटा घर बुधबार हस्तान्तरण गरिएको छ।

लुमन्ति आवासका लागि सहयोग समूह र सुन्दरहरैँचा नगरपालिकाको संयुक्त लगानीमा निर्माण सम्पन्न भएका ती घरहरू एक विशेष समारोहका बीच सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, विशिष्ट अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा अध्यक्ष राजकुमार राई र लुमन्ति फिल्ड संयोजक लक्ष्मी राईले संयुक्त रूपमा घर हस्तान्तरण गर्नुभएको थियो।

संयोजक लक्ष्मी राईका अनुसार, सन २०२४/२०२५ अन्तर्गत निर्माण प्रक्रिया अगाडि बढाइएको १ सय घरमध्ये हालसम्म ९ वटा घरको निर्माण कार्य सम्पन्न भई हस्तान्तरण गरिएको हो। बाँकी घरहरू पनि निर्माणको अन्तिम चरणमा रहेका छन्।स्थानीय सरकार र सामाजिक संस्थाको सहकार्यमा सम्पन्न भएको यो परियोजनाले विपन्न तथा आवासविहीन परिवारहरूलाई सुरक्षित बासस्थान प्रदान गर्ने लक्ष्य लिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार