नोवेलमा १० बर्षको बालिकाको जटिल र ठूलो ब्रेन ट्यूमरको सफल शल्यक्रिया


shiva
Single Before Content Ad

विराटनगर/

'ब्रेन ट्यूमर' सुन्दा नै मानिसको आङ जिरिङ्ग हुन्छ । ब्रेन ट्यूमर भएका मानिसको पीडा, घर परिवारमा आई पर्ने आर्थिक, मानसिक समस्या र त्यसमा थप विरामीको उपचार सफल होला नहोला भन्ने डर । बयस्क र बृद्ध अवस्थाका विरामी भन्दा पनि कम उमेरका विरामी भयो भने त अझ धेरै त्रास र मानसिक पिडा । यस्तै पीडादायक अवस्थामा बाच्न बाध्य कटहरी गाउँपालिकाका एक रिसिदेव परिवारका १० बर्षिया बालिकाको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा जटिल र ठूलो ब्रेन ट्यूमरको सफल शल्यक्रिया भएको छ ।

विगत दुई महिना देखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै विस्तारै शरिरको देब्रे भाग नचल्ने भई दुई दिनबाट पूर्णरुपमा ओच्छ्यान मै बेहोस रहेकी १० बर्षिया दिपिका ऋषिदेबलाई उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको आकस्मिक कक्षमा ल्याइएको थियो । विरामीको परीक्षणको क्रममा सिटि स्क्यानको रिपोर्ट अनुसार उनको टाउकोको दाहिने तर्फ ठूलो आकारको ब्रेन ट्यूमर भएको पत्ता लागेको थियो ।

“विरामीको बुबा आमाले विरामीको अवस्थाको कारण आष मारिसकेका थिए” उपचारमा संलग्न प्रमुख न्यूरो सर्जन प्रा. डा. एडमण्ड जोनाथानले भने । उनका अनुसार नोवेलको न्यूरोसर्जरी राम्रो छ भन्ने सुनेर एक पटक जाँच गर्ने भनेर विरामीलाई ल्याएका रहेछन् । आर्थिक अवस्था पनि कमजोर र विरामीको अवस्था दिनानुदिन विग्रदै गएको कारण उनीहरुले थप उपचार गर्ने कि नगर्ने निर्णय गर्न सकेका थिएनन् । विरामीको अवस्था र उपचारको बारेमा विरामीको अभिभावक संग छलफल पछि विरामीको उपचार अगाडि बढ्यो । विरामीको उपचारमा अस्पतालबाट छुट समेत उपलव्ध गरिएको उनले बताए ।

शल्यक्रिया र उपचारमा संलग्न न्यूरो सर्जन डा. प्रमोद चौधरीले भने शरिरको अङ्ग चलाउने दिमागको भागमा नै ठूलो ट्यूमर पलाएको कारण विरामीको देब्रे भाग कमजोर हुन गएको थियो । शल्यक्रिया पछि विरामीको अवस्था ठिक छ तर देब्रे भाग अहिले अलि कमजोर छ । रिहाविलिटेशन चलिरहेको छ । विस्तारै सामान्य अवस्थामा आउनेमा हामी ढुक्क छौं ।

विरामीको उपचारको सम्बन्धमा कुराकानी गर्दै विरामीको बुबाले भने “पहिला मेरो छोरी अन्तिम अवस्था पुगिसकेको थियो । एक साइडको पुरै नचल्ने । धेरै ठाँउ देखायौं तर कही निको भएन । नोवेलले हामीलाई धेरै सहयोग ग¥यो । यहाँ आए पछि अपरेशन सक्सेस भयो । अहिले मेरो नानीले हिड्ने, खाने, बस्ने गर्न थालेको छ । अस्पतालले डिस्काउण्ट पनि दिएको छ ।”

डा. जोनाथानका अनुसार बालबालिकामा टाउको दुखी रहने उल्टी हुने र हात खुट्टामा कमजोरी आयो भने तुरुन्तै अस्पतालमा गई न्यूरोलोजी वा न्यूरोसर्जरी विभागमा देखाउनु पर्दछ । त्यस्तो विरामीहरुको सिटि स्क्यान गर्न जरुरी हुन्छ । अहिलेको अवस्थामा न्यूरो सर्जरी सुरक्षित छ । न्यूरो सर्जरीको सक्सेस रेट ९० देखि ९७ प्रतिसत सम्म रहेको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार