आसामे चाेकदेखि डिपु सम्मकाे सडक कालाेपत्रे हुने, नगरप्रमुख गुरागाईंद्वारा शिलान्यास


shiva
Single Before Content Ad

सुन्दरहरैचा । फाल्गुन ४ गते ।

सुन्दरहरैँचा नगरपालिका र संघिय सरकारकाे साझेदारी वडा नम्बर ६ स्थित आसामे चाेक देखि डिपु सम्मकाे करीब साडे २ किलोमिटर सडक कालाेपत्रे निर्माण हुने भएको छ ।

नगर प्रमुख केदारप्रसाद गुरागाईंले उक्त सडककाे आइतबार शिलान्यास गर्नुभएको छ । लामाे समयदेखि याे सडक पिच नहुदा स्थानीयलाई सास्ती हुने गरेको छ । अब निर्माणकाे तयारी भएसंगै स्थानीय खुसि भएका छन् । २ कराेड ५० लाख रूपैयाँ लागतमा निर्माण हुने नगरपालिकाले जनाएको छ ।

शिलान्यास कार्यक्रममा उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत विनाेद कुमार न्याैपाने, वडा अध्यक्ष सन्तोष लिङ्देन लगायत, राजनीतिक दलका प्रतिनिधि, टाेल विकासका सदस्य, स्थानीयकाे सहभागीता रहेको थियाे ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार