छात्रासँग उपमेयर कार्यक्रम अन्तरगत पोशाक वितरण


shiva

असार १९ गते

लेटाङ । लेटाङ नगरपालिकाले छात्रासँग उपमेयर कार्यक्रम अन्तरगत नगरपालिकाका पहाडी वडाका विद्यालयमा पुगेर कक्षा ५ सम्मका छात्राहरुलाई पोशाक वितरण गरेको छ ।

लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलसहितको टोलीले आइतबार लेटाङ ७ को सिमाना, पित्लुम्वा र वाराङ्गीका विद्यालयमा पुगेर कक्षा ५ सम्मका छात्राहरुका लागि ट्रयाकसुट वितरण गरेको हो ।

पहाडी वडाका विद्यालयमा अध्ययन गर्ने अधिकांश छात्राहरु विपन्न परिवारका रहेको तथा यसक्षेत्रमा प्राय चिसो मौसम हुने भएकाले जाडोमा लगाउने ट्रयाकसुट वितरण गरिएको उपप्रमुख निरौलाले जानकारी दिनुभयो । हेर्नुहोस् तस्विरहरु :

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x