नेतृत्वमा संस्कार, सेवा र आत्मीयताको सुन्दर उदाहरण: सांसद डा. सुनिल शर्मा


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

हालै सामाजिक सञ्जालमा भाइरल भएको एउटा दृश्यले नेपाली राजनीति कस्तो हुनुपर्छ भन्ने कुराको सन्देश दिएको छ। भिडियोमा देखिन्छ—कांग्रेसका लोकप्रिय नेता, सांसद डा. सुनिल शर्मा कागजपत्र समातेर, मोबाइल चलाउँदै आफ्नै ध्यानमा गाडीबाट झर्दै हुनुहुन्छ। तर विशेष कुरा के भने, उहाँको गाडीको ढोका खोलिदिने व्यक्ति अरु कोही नभई पार्टीकै वरिष्ठ नेता, सांसद चन्द्र भण्डारी हुनुहुन्छ।

सांसद डा. शर्मा गम्भीर मुद्रामा तल झर्दै गर्दा सांसद भण्डारीले श्रद्धापूर्वक ढोका खोलेर स्वागत गर्नुहुन्छ। यो देखेपछि डा. शर्मा मुस्कुराउँदै, विनम्रतापूर्वक शिर निहुराएर आशीर्वाद ग्रहण गर्नुहुन्छ। सत्ता, पद वा उमेरभन्दा माथि उठेर देखाइएको यस्तो आत्मीयता, सम्मान र संस्कार आजको राजनीतिमा दुर्लभ छ। यही कारण धेरैले सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेखिरहेका छन्—नेपाली राजनीतिमा यस्तै संस्कार र आत्मीयता जरुरी छ।

तर, सांसद डा. शर्माको नेतृत्व केवल व्यवहारिक नम्रतामा सीमित छैन। उहाँले स्वास्थ्य सेवा क्षेत्रमा देखाउँदै आउनुभएको प्रतिबद्धता, मानवता र सेवाभाव आफैंमा प्रेरणादायी छ।

सांसद डा. सुनिल शर्मा नेतृत्वको काठमाडौं मेडिकल कलेज विगत लामो समयदेखि देशका ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ। सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म हजारौं विपन्न नागरिकहरू यस्ता शिविरमार्फत गुणस्तरीय स्वास्थ्य सेवा पाउँदै आएका छन्। शिविरमा उपचार सम्भव नभएका जटिल बिरामीहरूलाई सांसद डा. शर्माले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था समेत गर्दै आउनुभएको छ।

विशेष कुरा के छ भने, सांसद डा. शर्माले आफ्नो निर्वाचन क्षेत्र मात्र होइन, सम्पूर्ण देशभरिका आर्थिक रूपले कमजोर नागरिकहरूको उपचारमा पार्टी, जात, धर्म कहिल्यै हेर्नुहुन्न। उहाँले नोबेल मेडिकल कलेजमा निःशुल्क क्याबिन सुविधा उपलब्ध गराउँदै आउनुभएको छ भने काठमाडौं मेडिकल कलेजमा पनि यस्तै सहुलियत नीति अवलम्बन गर्दै आउनुभएको छ।

अझ विशेष रूपमा उल्लेखनीय कुरा के हो भने—सांसद डा. शर्मा प्रतिनिधि सभाका एक मात्र तलब भत्ता नलिने सांसदको रूपमा परिचित हुनुहुन्छ। उहाँले सेवा, कर्तव्य र उत्तरदायित्वलाई सधैं आत्मसम्मान र सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढ्नुभएको छ।

सांसद डा. सुनिल शर्मा केवल राजनीतिज्ञ होइनन्, एक सेवक, संस्कारशील नेता र मानवतावादी नेतृत्वको उच्च उदाहरण बन्नुभएको छ। सांसद चन्द्र भण्डारीजस्ता सहकर्मीहरूसँगको आत्मीयता र आपसी सम्मानले यो कुरा झन प्रष्ट देखिन्छ।

राजनीति स्वार्थभन्दा माथि उठेर जब संस्कार, सेवा र विनम्रतामा आधारित हुन्छ, तब नेतृत्व जनताको मन जित्न सक्ने हुन्छ भन्ने उदाहरण उहाँहरूले बारम्बार स्थापित गर्दै आउनुभएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार