नेपाली कांग्रेसको दशैं शुभकामना कार्यक्रम


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

सुन्दरहरैंचा नगरपालिका वडा नं १ मा नेपाली कांग्रेस वडाकार्य समितिले दशैंको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा वडा सभापति रामकुमार बिश्वास खवासको सभाध्यक्षतामा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य शिवप्रसाद ढकालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा संचालन भएको थियो।

नेपाली कांग्रेस वडाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कोशी प्रदेश सदस्य शिवप्रसाद ढकालले देशमा लोकतन्त्र जोगाउनका लागि कांग्रेस पार्टीमा विधि पद्दति जोगाउन भने जरुरी रहेको बताए । सुन्दरहरैंचाको नगर प्रमुख समेत भइसकेका ढकालले स्थानीय तहमा बिकास निर्माणका लागी जनताले जनप्रतिनिधिलाई झकझकाउन आवश्यक रहेको बताउदै नगर बिकासमा सबैको साथ हुनु अपरिहार्य रहेको बताए ।

वडा नं १ को वडाकार्य समितीले गरेको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाटकार्यक्रमा बोल्दै अधिकाशं नेताहरुले अहिलेको सरकारले नेपाललाई विकासको गतिमा नलिइ भ्रस्टचार र काण्डैकाण्डमा मौलाइरहेको बताएका छन् ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस मोरङ जिल्ला सचिव ललितबहादुर श्रेष्ठले शुभकामना दिने क्रममा आफ्ना भनाई राख्दै देशमा समृद्धी नेपाली कांग्रेस बाहेक कसैले गर्न नसक्ने समेत बताए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार