सुन्दरहरैँचा ।शिव भट्टराई भोजपुरे
मोरङको सुन्दरहरैँचा–१२ स्थित इन्द्रपुर नमुना इङ्लिस स्कुलमा नागपञ्चमीको अवसरमा विद्यार्थीका लागि सिर्जनात्मक नाग चित्रकला गतिविधि आयोजना गरिएको छ।
नागपञ्चमीको सांस्कृतिक तथा धार्मिक महत्वलाई विद्यार्थीमाझ परिचित गराउँदै कक्षा एलकेजी र कक्षा १ का विद्यार्थीहरूलाई सहभागी गराएर नाग चित्र बनाउने गतिविधि सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
गतिविधिमा विद्यार्थीहरूले विभिन्न रंग तथा कलामार्फत नागका आकर्षक चित्रहरू तयार गर्दै आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका थिए। विद्यालयले यस्ता गतिविधिले विद्यार्थीमा सिर्जनात्मक क्षमता विकास गर्नुका साथै नेपाली संस्कृति, परम्परा र पर्वप्रति रुचि तथा जानकारी बढाउन सहयोग पुग्ने जनाएको छ।
नागपञ्चमीको अवसरमा आयोजना गरिएको उक्त गतिविधि सिकाइ, संस्कृति, सिर्जनशीलता र मनोरञ्जनलाई एकैसाथ जोड्ने अवसर बनेको विद्यालयको भनाइ छ।




