सिद्धार्थको २९ औं अभिभावक दिवसको ३ दिन सम्म मनाईने


Single Before Content Ad

सुन्दरहरैचा/

मोरंग सुन्दरहरैंचा नगरपालिका वडा १० खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले आफ्नो आभिभावक दिवस तीन दिन सम्म भब्य रुपमा मनाउने भएको छ । सिद्धार्थको २९ औं अभिभावक दिवसको तयारी अन्तिम चरणमा पुगेको प्रिन्सिपल अर्जुन बस्नेतले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी गराउनुभयो।

फागुन १६ गते गते बिधार्थी गायन, नृत्य, बतृत्वकला, चित्रकला, सेफ प्रतियोगिता, सांस्कृतिक कार्यक्रम लगायत बिबिध कार्यक्रम रहने छ ।  त्यसैगरी प्रिन्सिपल बस्नेतले कार्यक्रमको बारेमा जानकारी गराउंदै १७ गते फागुन बिहिबार अभिभावको गायन प्रतियोगिता, मम्मी डान्स आइडल, चित्रकला, पुरस्कार वितरण तथा सांस्कृतिक लगायतको कार्यक्रम हुने बताउनुभयो ।

अन्तिम दिन अर्थात फागुन १८ गते प्री-स्कुलका बालबालिकाको गायन, नृत्य, बतृत्वकला, फन गेम, चित्रकला, प्रोजेक्ट प्रदर्शनी लगायत सांस्कृतिक कार्यक्रम रहने जनाएको छ ।कार्यक्रम बिहान १० बजे देखि सुरु भएर साढे ४ बजे सम्म सो दिनहरुमा संचालन हुने छ ।साथै मंगलबार ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ सामाजिक उतरदायित्व पुरा गर्ने उद्धेश्यले सिद्धार्थ २९ औं अभिभावक दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो  । सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मोरंग शाखाको प्राबिधिक सहयोगमा बिधालयका अभिभावक, बिधार्थी तथा शिक्षकले रक्तदान गरेका छन् भने ५६ प्रिन्ट रगत संकलन भएको स्कुल प्रिन्सिपल अर्जुन बस्नेतले जानकारी दिनुभयो ।

सो विधालयमा कक्षा ११ र १२ मा कम्प्युटर साइन्स , बिजनेस स्टडी, होटल म्यानेजमेन्ट , ट्राभल एण्ड माउन्टेनेरिङ, कानुन विषय लगायत सम्मको पठनपाठन हुँदै आएको छ भने विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको उक्त मन्टेश्वरीमा  आधारित  शिक्षा प्रदान गर्न सिद्धार्थ  प्रि-स्कुल छुटै भवनमा संचालनमा ल्याएको छ  । लेटांग, केराबारी, रमाइलो, बेलबारी सुन्दरहरैंचा, ग्रामथान लगायतका ठाउँबाट सो विधालयमा पठन पाठन गर्न आउंछन भने हाल  १ हजार ६ सय ५० जना बिधार्थी अध्ययनरत छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार