पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न


shiva
Single Before Content Ad

एडवन पराजुली /
सुनसरीको ईटहरी स्थित पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाले २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
शनिबार इटहरी ४ स्थित दूर्गा पार्टी प्यालेसमा सम्पन्न भएको
२७ औं वार्षिक साधारणसभामा माननीय मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष दिनेश कुमार भट्टराईको सभापतित्व रहेको थियो।

साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट कर्मचारीमा व्यबस्थापक माधव भट्टराई, उत्कृष्ट बजार प्रतिनिधि तर्फ सानुमाया जवेगु, जेष्ठ शेयर सदस्य सम्मानबाट चुम्बक बहादुर बुढाथोकी तथा दिल कुमारी दाहाल, उत्कृष्ट नियमित बचतकर्ता राजकुमार सिटौला, उत्कृष्ट ऋणी मनिशा पोखरेल तथा तुलसा कुमारी श्रेष्ठलाई नगद सहित सम्मानपत्रले सम्मान गरेको थियो । त्यस्तै २०८१ को कक्षा १२ उत्कृष्ट अंकल्याएर उत्तिर्ण भएका सेयर सदस्यका छात्र अञ्चित गौतम, छात्रा पौरखी भट्टराई र २०८० को एस.ई.ई. तर्फ छात्र श्रवण कटुवाल र छात्रा विनिक्षा दाहाललाई पनि सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिमा लेखनाथ पौडेल, निवर्तमान अध्यक्ष डा. बेणु प्रसाद सिटौला, शिक्षासेवी पे्रम प्रसाद न्यौपाने, बोधराज नेपाल, राजु दंगाल, शान्तिराम खनाल, शालिग्राम ढकाल, विकास के.सी. बडा नम्बर २ का बडा अध्यक्ष माधव कोइराला, प्रेम बस्नेत, भक्त लामा, मुना तिम्सिना, राम प्रसाद चौलागाँइ, प्रल्हाद दाहाल, सविना श्रेष्ठ, तेज बहादुर पुरी लगायतको उपस्थिती रहेको थियो । स्वागत मन्तव्य संस्थाकि उपाध्यक्ष टिका देवि पौडेलले राखेकि थिइन भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव गणेश कुमार दुलालले गरेका थिए । अध्यक्ष दिनेश कुमार भट्टराईको प्रतिवेदन प्रस्तुत गरेसँगै संस्थाका सबै कर्मचारीहरु तथा पदाधिकारीहरुलाई पनि दोसल्लाह ओढाएर सम्मान गरेका थिए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार