हातेमालो बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा हेमराज सुवेदी निर्वाचित


shiva
Single Before Content Ad

सुन्दरहरैचा।

माेरङकाे सुन्दरहरैँचा १० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि काे २२ औं वार्षिक चुनावी साधारण सभामा नयाँ कार्य समिति चयन भएको छ ।

शनिबार भएको साधारण सभाले अध्यक्षमा हेमराज सुवेदी सहित १३ जनाकाे नयाँ कार्य समितिका साथमा ३ जानाकाे लेखा समिति सर्वसम्वत रूपमा निर्वाचित गरेको हाे । संस्थाकाे उपाध्यक्षमा मिनप्रसाद लिम्बू सचिव गुरुप्रसाद अधिकारी,सहसचिवमा विन्दा दाहाल थापा निर्वाचित भएका छन् । साथै सदस्यहरूमा अर्जुनकुमार कार्की, टिकाप्रसाद सुबेदी,नगेन्द्रकुमार मास्के, यज्ञप्रसाद ढेकाल (राम),हरिबहादुर कार्की , कमला गुरुङ , कुशुम बराल कँडेल , मन्दिरा थापा,. रञ्जु सुबेदी चयन भएका छन् । साथै लेखा समिति संयाेजकमा देबीबहादुर कार्की सदस्य
लोकबहादुर श्रेष्ठ र कविता दाहाल निर्वाचित भएका छन्।

साधारण सभाको अवसरमा चिट्ठा कुपन मार्फत ४० जना सेयर सदस्यहरुलाई उपहार नै उपहार प्रदान गरिएको थियो। साधारण सभाको अवसरमा संस्थाले जेष्ठ सदस्य सम्मान , चिठ्ठा कार्यक्रम ,उत्कृष्ट ऋणी तथा बचत कर्ता लगायत विभिन्न बिधामा आफ्ना सेयर सदस्यलाई पुरस्कार वितरण गरिएको संस्थाकी व्यवस्थापक याेजना शर्मा ढकालले जानकारी दिएकी छिन्।


हातेमालो सहकारीकाे साधारण सभामा नगर प्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष अर्जुन वस्नेतको सभापतित्व रहेको थियो। 

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार