जितिया पर्वको अवसरमा सुन्दरहरैंचामा सांस्कृतिक कार्यक्रम सम्पन्न


shiva
Single Before Content Ad

जितिया पर्वको अवसरमा मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -७ मा रहेको साजीलाल खेल मैदानमा जितिया विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

थारु कल्याणकारी सभा तथा थारु महिला सभा नगरकार्य समिति सुन्दरहरैंचाको संयुक्त आयोजनमा सुन्दरहरैंचा नगरपालिकाले बितिय सहयोग सप्पन्न भएको हो ।जितिया मनाउने क्रममा पहिलो दिन विहानैदेखि स्थानीय खोला नालामा गएर महिलाहरु स्नान गरी ब्रत र पुजाआराधना गरेर महिलाहरुले घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर आराध्यदेवको पूजा गर्ने गरेका छन्। सुरु गरेको व्रत निकै नियम निष्ठाका साथ बस्ने गरेको थारु कल्याणकारीणी सभाका नगरकार्यसमिति अध्यक्ष बिलट चौधरीले बताए ।

सन्तानको दीर्घायु, सुख समृद्धि र मनोकामना पुरा गराउन जितियामा महिलाहरु व्रत लिने प्रचलन रहेको थारुअ कल्याणकारी सभा मोरङ जिल्ला अध्यक्ष प्रदिप भगतले बताए । उनका अनुसार भर्खर बिहे गरेका नयाँ विवाहित महिलाले पनि जितिया ब्रत बस्नु पर्ने हुन्छ।

कार्यक्रममा विभिन्न थारु समुदायको मौलिक भेषभुषामा सजिएर आ–आफ्नो जातीको नृत्य प्रस्तुति तथा थारु समुदायका चर्चित कलाकार सुनिल चौधरी र अनुमा चौधरीको विशेष प्रस्तुति रहेको थियो।जितिया पर्वको छुट्टै इतिहास र महत्त्व रहेकाले त्यसलाई बचाउन केही हदसम्म भए पनि सहयोग पुर्‍याउने उद्देश्यले नगर स्तरीय सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो।थारु कल्याणकारी सभा नगर अध्यक्ष बिलट चौधरी सभाध्यक्षतामा सांस्कृतिक कार्यक्रमको उद्घाटन नगर प्रमुख केदार प्रसाद गुरागाईंले सांस्कृतिक थारु भेषभुषा लगाएर ब्यानर थारु भाषामा बाचन गरेर उदघाटन गरेका थिए।

कार्यक्रममा सुन्दरहरैंचा कृयाशिल रहेर पत्रकारिता क्षेत्रमा योगदान पुर्याए बापत एलएन गच्छदार र शिव भट्टराईलाई सम्मान गरेको थियो भने पुर्व राष्ट्रिय भलिबल खेलाडी जयनरायण चौधरीलाई समेत सम्मान गरेको थियो।

जितिया पर्वको अवसरमा सुन्दरहरैंचा नगरपालिकाले सार्वजनिक बिदा समेत दिइएको थियो।कार्यक्रममा सुन्दरहरैचाका संस्थापक नगर प्रमुख शिव प्रसाद ढकाल, संस्थापक उपप्रमुख धनमाया तमाङ्ग , वर्तमान उपप्रमुख अकली चौधरी, थारु कल्याणकारी सभा मोरङ जिल्ला अध्यक्ष प्रदिप भगत , आदिवासी जनजाती महासंघ सुन्दरहरैंचा नगर अध्यक्ष सुमन याख्या लगायतको उपस्थित रहेको थियो।

उक्त कार्यक्रममा थारु महिला सभाकी नगर अध्यक्ष दुर्गा चौधरीले कार्यक्रम संयोजक भुमिका निर्वाह गर्दै सचिव रुकमिता चौधरीले कार्यक्रम संचालन गरेकी थिइन।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार