नोवेलले विराटनगर वडा नं. ४ का बासिन्दालाई उपचारमा विशेष छुट उपलव्ध गराउने


shiva
Single Before Content Ad

सुन्दरहरैचा/ 

विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुलाई नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले उपचारकालागि नोवेल आउदा विशेष छुट उपलव्ध गराउने भएको छ । गत मिति २०८१ मंसिर २३ गते विराटनगर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा तथा नोवेलका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल बीच सम्झौता पत्रमा हस्ताक्षर भई सो कार्यको सुभारम्भ भएको हो ।

नोवेल शिक्षण अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानिय बासिन्दाहरुलाई उपचारमा विशेष छुट दिन लागिएको सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा आयोजित कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक डा. नेपालले बताए । उनका अनुसार वडा कार्यालयको सिफारिसमा विपन्न विरामीहरुलाई छुट दिने गर्ने गरिएको थियो तर अव स्थानिय बासिन्दाहरुलाई औपचारिक रुपमा नै घोषणा गरी यो सहुलियतलाई थप सरल बनाइएको छ । कार्यक्रममा वडा अध्यक्ष थापाले सवै प्रकारको उपचार सेवा प्राप्त हुने र उपचारको लागि अन्यत्र गई रहन नपर्ने आफ्नै घर आगनमा रहेको शिक्षण अस्पतालले थप सहुलियत पनि प्रदान गर्ने भएकोले स्थानिय बासिन्दाहरुलाई आर्थिक रुपमा समेत राहत पुग्ने विस्वास व्यक्त गरेका थिए ।

सम्झौता २०८१ मंसिर २३ गतेबाट लागु भई २०८२ असार मसान्त सम्म कायम रहने र सो अवधी भरमा अस्पताल सेवामा वडा नं. ४ का विरामीहरुलाई २५ प्रतिशत, अपरेसन शुल्क र औषधीमा १० प्रतिशत उपलव्ध हुने छ । सामाजिक सुरक्षा कोष अन्तर्गत रहेका विरामीहरुलाई भने नियमानुसार भुक्तानी गर्नु पर्ने २० प्रतिशत सहभुक्तानी छुट हुने छ । कार्यक्रमको प्रभावकारिता हेरी आपसी सहमतिमा सम्झौता नविकरण गरिने सम्झौतामा उल्लेख गरिएको छ । यो सुविधा लिनको लागि विरामीले आफ्नो परिचय खुल्ने कागजात पेश गर्नु पर्ने छ ।

संघिय सांसद डा. सुनिल कुमार शर्मा नेतृत्वको नोवेल शिक्षण अस्पतालले पूर्वी नेपाल देखि पश्चिम नेपालका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने, अति विपन्न विरामीहरुलाई निःशुल्क उपचार गराउने, विभिन्न क्षेत्रमा विरामीहरुलाई सहुलियतमा उपचार सेवा पुर्याउने लगायतका कार्यहरु गर्दै आएको छ । विभिन्न स्थानका आर्थिकरुपमा विपन्न परिवारका सदस्यहरुले डा. शर्माकै पहलमा चिकित्सा, दन्त चिकित्सा, नर्सिङ्ग, पारामेडिकल जस्ता विषयमा छात्रवृत्तिमा अध्ययन गरेका छन् । सयौं त्यस्ता विद्यार्थीहरु आफ्नो अध्ययन समाप्त गरी दक्ष जनशक्तिको रुपमा विभिन्न स्थानहरुमा कार्यरत छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार