लोकसेवा तयारी कक्षा तालिम उपलब्धीमुलक बनोस्: नगरप्रमुख गुरागाई


shiva
Single Before Content Ad

सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकाको आयोजनामा नगरपालिकामा रहेका महिलाहरुलाई लक्षित गर्दै एक महिने निशुल्क लोकसेवा तयारी कक्षा तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख केदार प्रसाद गुरागाईले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यावहारिकरुपमा प्रयोग गरेर यस तालिम उपलब्धिमुलक बनोस् भन्दै सहभागी महिलाहरुलाई शुभकामना दिएका थिए।

बैशाख २४ गते देखि जेष्ठ २२ गते सम्म वार्ड नं ४ को सभाहलमा संचालन भएको यस तालिममा पुर्वाधार विकास मन्त्रालय कोशी प्रदेशका लेखा अधिकृत दिपक सन्जेल, आन्तरिक राजस्व विभागका अधिकारी दिपेस खनाल, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कार्की लगायत विभिन्न विज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षण दिइएको सुन्दरहरैचा नगरपलिका महिला तथा बालबालिका शाखाकि शाखा प्रमुख साबित्रा खड्काले बताएकी छिन् ।

सोमबार भएको समापन कार्यक्रममा वार्ड नं ४ का वडा अध्यक्ष कैलाश बस्नेतको विशेष आतिथ्यता रहेको थियो। सो कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अम्बिका चौलागाईंले सहभागी महिलाहरुलाई घर गृहस्थी सङै पढाईलाई समय दिएर मेहेनत गरे अवश्य सफलता प्राप्त हुने भन्दै हौसला प्रदान गरेका थिए । कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई लोक सेवा आयोग तयारी कक्षा सम्बन्धी आवश्यक पुस्तक र नोट वितरण गरिएको थियो।

उक्त कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले नगरपालिकालाई यो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै एक महिना तालीम अवधी कम भएको भन्दै अझ बढि समयको लागि कार्यक्रम ल्याउन माग गरेका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार