साना किसान कृषि सहकारी संस्था गोविन्दपुरको आठाैँ बार्षिक साधारणसभा सम्पन्न


shiva
Single Before Content Ad

मोरङ/

मोरङको रतुवामाई नगरपालिका वार्ड नं ५ स्थित साना किसान कृषि सहकारी संस्था गोविन्दपुरको ८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार सम्पन्न भएको साधारण सभामा कोशी प्रदेश सभासद नुरसदि वेगमको प्रमुख आतिथ्यता रहको थियो भने उक्त कार्यक्रममा सविता भण्डारीको सभापतित्व रहेको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथी वेगमले संस्थाको प्रगती र सफलताको शुभकामना व्यक्त गरेकी थिइन्। यस संस्थाले हाल सम्म ४० लाख ३ हजार ५ सय सेयर पुँजि बनाएको छ भने ८ सय भन्दा बढि सेयर सदस्य बनाउन सफल भएको छ।

सोही अवसरमा संस्थाले असल ऋणि, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट सेयर, उत्कृष्ट बाल बचत लगायत विभिन्न व्यक्तीहरुलाई सम्मान साथै कृषि सामाग्री वितरण गरेको थियो।

त्यसैगरी साधारण सभामा फाल्गुणा पोख्रेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको थियो। संस्थाको उपाध्यक्षमा कविता थापा खड्का सदस्यमा रुकमिणी राजवंशी, दुर्गा लुइँटेल चापागाईं, गिता सिटाैला उप्रेती लगायतलाई निर्विरोध निर्वाचित गरिएको संस्थाले जनाएको छ।कार्यक्रममा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रबिन्द्र आचार्य, सुनवर्शी नगरपालिकाका नगरप्रमुख श्याम राजवंशि, रतुवामाई नगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष सोमनाथ कार्की, लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सो कार्यक्रम संस्थाका कर्मचारी कृष्ण प्रसाद न्यौपानेले संचालन गरेका थिए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार