बाँसबारीमा लायन्स क्लबद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैँचा । असोज २७ गते, शिव भट्टराई भोजपुरे 

मोरङको सुन्दरहरैँचा ५ मा रहेको बाँसबारी स्थित पहिलो पाइला मन्टेश्वरी स्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। लायन्स/लियो क्लब अफ बाँसबारी, लायन्स क्लब अफ सुन्दरदुलारी, लायन्स क्लब अफ बलिया र पहिलो पाइला मन्टेश्वरी स्कुलको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो।

 शिविरमा तिलगंगा आँखा प्रतिष्ठानको व्यवस्थापन तथा आरएलजी आईको प्राविधिक सहयोग रहेको थियो। त्यस्तै, दुलारी सरोकार मञ्च, अमरज्योति टोल विकास संस्था र शान्ति टोल विकास संस्थाले समन्वय गरेका थिए।

स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको शिविरमार्फत सहभागीहरूको आँखा परीक्षण गरी आँखासम्बन्धी समस्या पहिचान तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। उक्त आँखा जाँच शिविरमा १०० भन्दा बढिले सेवा लिएका थिए।

लायन्स क्लब अफ बाँसबारीका सचिव शरद भण्डारीले स्थानीय बासिन्दालाई सहज रूपमा आँखा जाँच सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले आँखा स्वास्थ्यप्रति सचेतना बढाउँदै समयमै आँखासम्बन्धी समस्या पहिचान गर्न शिविरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। आगामी दिनमा पनि सामाजिक सेवाका यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार